धितोपत्र बोर्ड विरुद्द सर्वोच्च अदालतमा रिट

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको पछिल्लो कदम बिरुद्द सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताद्धय रविन बोहजु र सुरेन्द्र कोंजुले बोर्ड बिरुद्द रिट दायर गरेका हुन् ।
रिटमा बोर्डले सार्वजनिक गरेको ५१ वटा कम्पनीको सुचीसहितको विज्ञप्ति बदर गर्न माग गरिएको छ । रिट निवेदन अधिवक्ता बोहजुले बोर्डले ५१ वटा कम्पनी जोखिमयुक्त भनी जारी गरेको विज्ञप्ति कानुन सम्मत नभएकोले उक्त विज्ञप्तिलाई बदर गर्न माग गरिएको जानकारी दिए ।
बोर्डको उक्त कदम ऐनमा उल्लेख बोर्डको काम कर्तब्य अधिकारभन्दा बाहिर रहेको र यसले लगानीकर्तालाई त्रसित र आतंकित बनाएकोले विज्ञप्ति बदर हुनु पर्ने माग छ । यस्तै रिट निवेदनमा शेयर कर्नरिङ रोक्नको लागि छुट्टै कानुन बनाउनको लागि बोर्डलाई परमादेश दिन माग गरिएको बोहजुले बताए । उक्त रिटको पेशी आइतबारको लागि तोकिएको छ ।
गत मंगलबार नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको सुची सार्वजनिक गर्दै ति कम्पनीमा गरिएको लगानी जोखिमयुक्त भएको बताउदै विज्ञप्ति जारि गरेको थियो । धितोपत्र बोर्डले गरेको अध्ययनमा ५१ वटा कम्पनीमा गरिएको लगानी जोखिमयुक्त रहेको र ति संस्थाहरुको कारोवारमा भित्री कारोवार, सर्कुलर कारोवार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसूरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाईएको बोर्डले जनाएको छ ।
विगतको एक वर्ष अवधिमा सूचिकृत संगठित संस्थाहरुको मूल्य बृद्धि ३ सय प्रतिशत र सोभन्दा बढी प्रतिशतले बृद्धि भएका, मूल्य आम्दानी अनुपात १ सय र सोभन्दा बढी भएका, प्रति शेयर आम्दानी ऋणात्मक भएका, प्रति शेयर अंकित मूल्यभन्दा प्रति शेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्याँकन समेतका आधारमा हाल जोखिमयुक्त देखिएका ५१ वटा सूचिकृत संगठित संस्थाहरु छनौट गरी प्रारम्भिक अध्ययन गरिएको बोर्डले जनाएको छ ।
















इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया