झुलाघाट नाकाबाट पाँच हजार नेपाली फिर्ता

बैतडी । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट साढे चार हजार नेपाली नागरिक स्वदेश फर्किएका छन् । गत वैशाखदेखि हालसम्म चार हजार ६२६ जना स्वदेश फर्किएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रहरीका अनुसार बैतडीका दुई हजार २४०, बझाङका एक हजार ६६१, डडेल्धुराका १०१, दार्चुलाका २७, डोटीका २५, अछामका पाँच तथा बाजुराका १२१ नेपाली झुलाघाट नाका भएर स्वदेश फर्किएका हुन् ।
यस्तै कैलालीका ५३, कञ्चनपुरका ३०, हुम्लाका ६४, मुगुका ६० र जुम्लाका ४० जना पनि झुलाघाट नाका भएर फर्किएको बताइएको छ । नेपाल भित्रिनेमा अधिकांश भारतमा कोरोना सङ्क्रमण नियन्त्रणका लागि लकडाउन भएपछि रोजगारी गुमाएर फर्किएका नागरिक छन् ।
भारतबाट फर्किरहेका नागरिकको सीमामै हेल्थ डेस्क स्थापना गरी एन्टिजेन विधिबाट कोरोना परीक्षण भइरहेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि बैतडीमा असार १५ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
नयाँ सङ्क्रमण हुनेको सङ्ख्या शून्य बैतडीमा शुक्रबार नयाँ कोरोना सङ्क्रमण हुनेको सङ्ख्या शून्य रहेको छ । शुक्रबार गरिएको परीक्षणमा कुनै नागरिकमा पनि कोरोना नेदेखिएको हो । पछिल्लो २४ घण्टामा १०७ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका सीआइसीटी सहजकर्ता विनिता चौधरीले जानकारी दिए ।
बुधबार पनि ४४९ जनाको कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । बैतडीमा परीक्षण तीव्ररूपमा भइरहेको छ । जिल्लामा सङ्क्रमण दर घट्दै गएको छ । अहिले बैतडीमा १३२ कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये १३१ जना बैतडीका रहेका छन् भने एक जना अन्य ठाउँका रहेका हुन् । कोरोनाकै कारण बैतडीमा हालसम्म १६ जनाको मृत्यु भइसकेको छ ।
















इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया