कोरोनाबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन

काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन गर्न थालिएको छ ।
काठमाडौंको पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा घण्टौं पालो कुर्नुपर्ने अवस्था आएपछि वैकल्पिक शव व्यवस्थापन स्वरुप काभ्रेपलाञ्चोकमै व्यवस्थापन शुरु गरिएको हो ।
जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले कोरोना सङ्क्रमणबाट मृत्युदर बढ्दै गएपछि जिल्लामै शव व्यवस्थापन गर्न गत महिना वैकल्पिक तयारीको निर्णय गरेको थियो ।
“काठमाडौंको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा पालो कुर्नुपर्ने अवस्था आएपछि जिल्लामै वैकल्पिक व्यवस्थापन थालिएको हो”, केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भने ।
पोखरेलका अनुसार हाल जिल्लाका कोरोना सङ्क्रमितको शव जिल्लाका स्थानीय घाटमा जलाउन थालिएको हो भने अन्य जिल्लाका कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्न काठमाडौं लैजाने गरिएको छ ।
जिल्लास्थित अस्पतालमा उपचाररत कोरोनाको बिरामीको मृत्यु भएकाको काभ्रेपलाञ्चोकमै व्यवस्थापन गर्नसमेत थप तयारी गरिनेछ । वैकल्पिक शव व्यवस्थापन तयारीले पछिल्लो समयका विभिन्न रिपोर्टमा जनाइएअनुसार ‘तेस्रो भेरियन्ट’को सम्भावना र त्यसको सम्भावित क्षतिको अवस्थामा निकै सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
हाल पाँचखाल नगरपालिकाले भुम्लु गाउँपालिकाको सिमानामा पर्ने दोलालघाट बगर, रोशी गाउँपालिकाले स्थानीय भ्याकुरे खोला, चतुरेफेदी घाट र चरुङ्गेफेदी घाट, पनौती नगरपालिकाको भालेश्वर मन्दिर घाटमा कोरोना सङ्क्रमितको शव व्यवस्थान थालिएको पोखरेलले जानकारी दिए ।
सदरमुकाम धुलिखेल र आसपासको बनेपा र पनौती नगरले कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा साझा स्थानको खोजी भइरहेको जनाएका छन् ।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया