कोरोनाबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन

काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन गर्न थालिएको छ ।
काठमाडौंको पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा घण्टौं पालो कुर्नुपर्ने अवस्था आएपछि वैकल्पिक शव व्यवस्थापन स्वरुप काभ्रेपलाञ्चोकमै व्यवस्थापन शुरु गरिएको हो ।
जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले कोरोना सङ्क्रमणबाट मृत्युदर बढ्दै गएपछि जिल्लामै शव व्यवस्थापन गर्न गत महिना वैकल्पिक तयारीको निर्णय गरेको थियो ।
“काठमाडौंको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा पालो कुर्नुपर्ने अवस्था आएपछि जिल्लामै वैकल्पिक व्यवस्थापन थालिएको हो”, केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भने ।
पोखरेलका अनुसार हाल जिल्लाका कोरोना सङ्क्रमितको शव जिल्लाका स्थानीय घाटमा जलाउन थालिएको हो भने अन्य जिल्लाका कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्न काठमाडौं लैजाने गरिएको छ ।
जिल्लास्थित अस्पतालमा उपचाररत कोरोनाको बिरामीको मृत्यु भएकाको काभ्रेपलाञ्चोकमै व्यवस्थापन गर्नसमेत थप तयारी गरिनेछ । वैकल्पिक शव व्यवस्थापन तयारीले पछिल्लो समयका विभिन्न रिपोर्टमा जनाइएअनुसार ‘तेस्रो भेरियन्ट’को सम्भावना र त्यसको सम्भावित क्षतिको अवस्थामा निकै सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
हाल पाँचखाल नगरपालिकाले भुम्लु गाउँपालिकाको सिमानामा पर्ने दोलालघाट बगर, रोशी गाउँपालिकाले स्थानीय भ्याकुरे खोला, चतुरेफेदी घाट र चरुङ्गेफेदी घाट, पनौती नगरपालिकाको भालेश्वर मन्दिर घाटमा कोरोना सङ्क्रमितको शव व्यवस्थान थालिएको पोखरेलले जानकारी दिए ।
सदरमुकाम धुलिखेल र आसपासको बनेपा र पनौती नगरले कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा साझा स्थानको खोजी भइरहेको जनाएका छन् ।
















इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया