मेलम्ची र हेलम्बुलाई सिन्धुलीको आर्थिक सहयोग
मेरोन्यूज
२०७८ असार ५ गते ७:१५

सिन्धुली । यहाँको मरिण गाउँपालिकाले बाढी पहिरोबाट क्षति पुगेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग प्रदान गरेका छन् ।
शुक्रबार मेलम्ची नगरपालिका पुगेका मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले नगरप्रमुख डम्बर बहादुर अर्याललाई १ लाख ५० हजारको चेक प्रदान गरे ।
प्राकृतिक विपत्तिबाट क्षति व्यहोरेको हेलम्बु गाउँपालिकालाई पनि १ लाख ५० हजारको चेक प्रदान गरेको अध्यक्ष बम्जनले जानकारी दिए । हेलम्बुलाई प्रदेश सभा सदस्य युवराज दुलालमार्फत चेक पठाइएको हो ।
साथै उद्योग वाणिज्य संघ मरिण शाखाले पनि मेलम्चीलाई ५१ हजार र हेलम्बुलाई ५१ हजार रुपैयाँ आर्थिक सहायेग प्रदान गरेको शाखा अध्यक्ष चिनध्वज बम्जनले जानकारी दिए ।
त्यस्तै मेलम्चीलाई हास्य कलाकार दिनेश काफ्लेले १३ हजार रुपैँया सहयोग गरेका छन् ।
सम्बन्धित
















इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया