कस्तो हुनुपर्छ अबको मौद्रिक नीति ?
केन्द्रीय बैंकको गर्भनरले मौद्रिक अवस्था जे छ, त्यो स्पष्टरुपमा सरकारलाई भन्न सक्नुपर्छ

देशको समग्र मुद्रा बजारको नियामक संस्था राष्ट्र बैंकले जारी गर्ने आर्थिक वर्षको कार्य योजना नै मौद्रिक नीति हो । मुलुकमा वित्तिय पहुँच वृद्धि गरी लगानी मैत्री वातावरण निर्माण गर्दै रोजगारी, उत्पादन तथा आय वृद्धि गर्नु र देशको आर्थिक वृद्धिलाई प्रोत्साहन गर्नु मौद्रिक नीतिको उद्देश्य हुन्छ । यो भन्दा अघि चालु आर्थिक वर्षको मौद्रिक नीतिले कोभिडलाई केन्द्रमा राखेको थियो । मौद्रिक नीति एकदमै गाह्रो छ । सबैलाई राहत दिने भनिन्छ ।
सर्वसाधारणको बचत गरेको पैसा अर्को कसैले व्यवसाय गर्न चाहान्छ भने त्यही पैसा दिने हो, बैंकले । त्यो दिएबापत कमिशन खाने हो व्याजले । बैंक तथा वित्तीय संस्थाहरुले आफूले संकलन गरेको निक्षेपको एक निश्चित प्रतिशत रकम अनिवार्य रुपमा केन्द्रीय बैंकमा जम्मा गरी राख्नुपर्दछ । जसलाई अनिवार्य नगद मौज्दात भनिन्छ । सामान्यतया अनिवार्य नगद मौज्दातमा केन्द्रीय बैंकले व्याज प्रदान गर्दैन । केन्द्रीय बैंकले अनिवार्य नगद मौज्दात बढाउँदा बजारमा मुद्राको पूर्ति घट्छ भने अनिवार्य नगद मौज्दात घटाउँदा मुद्राको पूर्ति बढ्छ ।
बैंकले मध्यस्थकर्ताको काम गर्ने हो । त्यो पैसा डुब्नु पनि भएन । नडुबाउनका लागि केन्द्रीय बैंकले पुर्नकर्जा र सहुलियतपूर्ण कर्जा तथा सरकारले पनि राहत प्याकेज जुन ल्याएको छ, त्यसलाई पनि मिलाएर विस्तार गर्नुपर्छ । त्यो विस्तार गर्दा आर्थिक पूर्नजीवन (इकोनोमिक रिभाईभ) हुन सजिलो हुन्छ । अहिलेको अर्थतन्त्र पूर्नजीवन हुनै गाह्रो भएको छ ।
मुख्य कारण बैंकको जोखिम बहन गर्ने क्षमता एकदमै बढेको हुनाले बैंकमा जुन पूँजी वृद्धि भयो त्यही पूँजी वृद्धिले गर्दा जोखिम बहन गर्न सक्ने क्षमता बढेकाले अहिलेसम्म धानिरहेको हो । यो धानेको स्थितीलाई पनि केन्द्रीय बैंकले हेरेर राहतसँगै राहतकोष समेत ल्याउनुपर्यो मौद्रिक नीतिमा । यसको साथै आगामी मौद्रिक नीतिमा पूर्नसंरचनाको लागि बैंक तथा वित्तिय संस्थालाई ऋण दिने पूर्नतालिकीकरणको लागि व्यवस्था गर्नुपर्ने र राहत कोष भनेर केही समूहलाई समावेश गर्नुपर्ने देखिन्छ यसले गर्दा राम्रो हुन्छ । तर धेरै सुविधा दिदा पनि वित्तिय क्षेत्रलाई दुरगामी असर पर्न सक्नेलाई ध्यान दिदै केही छुट दिदै विस्तारपूर्ण मौद्रिक नीति आउनुपर्छ ।
बैंक तथा वित्तीय संस्थाहरुले स्वीकार गरेको कूल निक्षेपको एक निश्चित प्रतिशत रकम सरकारी प्रत्याभुतिहरुमा अनिवार्य रुपमा लगानी गर्नुपर्ने हुन्छ, जसलाई बैधानिक तरलता अनुपात भनिन्छ । केन्द्रीय बैंकले बैधानिक तरलता अनुपान बढाउँदा बजारमा मुद्राको पूर्ति घट्छ भने बैधानिक तरलता अनुपात घटाउँदा मुद्राको पूर्ति बढ्छ । यसलाई मौद्रिक नीतिमार्फत प्रष्ट पार्नुपर्छ ।
हाम्रो देशको आर्थिक वृद्धि हेर्दा विश्वरुपमा सबैभन्दा तल्लो अवस्थामा छ । विश्व बैंकको प्रतिवेदन हेर्दा सबैभन्दा राम्रो आर्थिक वृद्धि ८ प्रशितभन्दा धेरै हुने देश अमेरिका छ । त्यसपछि आर्थिक वृद्धि ७ प्रतिशत हुनेमा चीन छ । विकासशील देशहरुको ६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण विश्व बैंकको छ । नेपाल जस्तो अतिकम विकसित देशहरुमा ४ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुन्छ भन्ने छ । तर नेपालको आर्थिक वृद्धि ६ दशमलव ५ प्रतिशत हुने लक्ष्य जुन छ, त्यो धेरै गाह्रो अवस्थाको हो ।
सरकारी बजेटको आकार बढेसंगै चालु खर्च पनि बढ्दै गएको छ । जसले समष्टिगत माग विस्तार हुने देखिन्छ । तर, उत्पादन भन्दापनि उपभोगमुखी नेपाली अर्थसंस्कारले गर्दा मुद्रास्फीतिमा चाप पर्ने स्वाभाविक देखिन्छ । त्यसै गरी पूंजीगत खर्चका तुलनामा चालू खर्च बढि विनियोजन भएको र विनियोजित पूंजीगत खर्च पनि सत प्रतिशत खर्च हुन नसक्ने नेपालको तीतो यथार्थले गर्दा मुल्यवृद्धि र आर्थिक वृद्धिलाई महत्वकांक्षी नभई अवस्था हेरेर मौद्रिक नीतिमा समावेश गर्नुपर्छ ।
मुख्य कारण कोभिडको निश्चितता छैन । यो दिन कोभिड बन्द हुन्छ भन्ने होइन, यो सिद्धिन्छ/सिद्धिदैन थाहा छैन । फेरी अर्को लहर आउने हो की ? जनताको आत्मविश्वास बढेको छैन । व्यापार व्यवसाय गर्ने क्षेत्रमा त्राहिमाम छ, आत्मविश्वास छैन, आत्मविश्वास नबढीकन आर्थिक क्रियाकलाप बढ्दै जादैन ।
त्यस्तै संसारमा सबैभन्दा बढी असर खाद्यान्नलाई पर्ने भएको हुनाले यसको मुल्य बढ्छ, महंगीमा नेपालमा आर्थिक वृद्धि लक्ष्यमा पुग्न सक्दैन । तर केन्द्रीय बैंकले कसरी सुधारोन्मुख मौद्रिक नीति ल्याउँछ थाहा छैन । तर केन्द्रीय बैंकको गर्भनरले जे छ मौद्रिक अवस्था स्पष्ट सरकारलाई भनेको हुन्छ । बजेटदेखि आवश्यक सल्लाह दिने समयमा दिएको हुन्छ । एकदमै कमजोर गर्भनर आएपनि केन्द्रीय बैंकको संरचना नै आर्थिक स्थिती मौखिक र लिखित रुपमा सरकारलाई जानकारी दिने हो ।
त्यहि आधारमा सरकारले बजेट बनाउँदा हेरेको हुन्छ, केहीलाई समावेश गर्छ बजेटमा, केहीलाई वास्ता गर्दैन । हो त्यहि वास्ता नगरेको महत्वपूर्ण बुँदालाई राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको हुन्छ ।
केन्द्रीय बैंकले आफ्नो अध्ययनानुसार कार्य गर्ने भएकाले आफ्नो योजनानुसार देशको अर्थतन्त्रलाई हेरेर मौद्रिक नीति निकाल्न पाउँछ । सरकारबाट हुन नसकेको काम र अर्थतन्त्रलाई समर्थन गर्ने बुँदाहरु, बजेट पछि आउने र बजेटले समावेश गर्न नसकेकालाई मौद्रिक नीतिले ल्याउँछ, यो संसारमा जहाँ पनि हुन्छ । अधिकांश मुलुकहरुले मूल्य स्थिरतालाई नै मौद्रिक नीतिको अन्तिम लक्ष्य मानेका छन् ।
कोभिडको तेस्रो लहड पनि आउने हल्ला छ । परिमाणात्मक तथा गुणात्मक उपकरणको प्रयोगबाट मौद्रिक नीति आउन नसक्ला अहिलेको समस्यामा । त्यसैले मौद्रिक नीति सुनमा सुगन्ध हुन्छ भन्ने छैन । मौद्रिक नीति एकदमै चुनैतिपूर्ण छ ।
मौद्रिक नीति गाह्रो छ अहिलेको अवस्थामा, त्यसैले आर्थिक क्रियाकलापलाई सहज रुपमा अगाडी बढाउने पनि हुनुपर्यो, बैंक वित्तिय संस्थालाई दबाब हुनु भएन । मौद्रिक नीति लिएर आउन सहज नभएकाले सहुलियत मात्र दिएर हुँदैन ।
बैंकले ऋण उठाउन गाह्रो भएकाले त्यसको असर मुद्रा स्फिती अर्थात् मुल्यवृद्धिमा हुन्छ । त्यसकारण दुरगामी असर नपर्ने गरी व्यापार व्यवसाय सूचारु गर्न सक्ने वातावरण मौद्रिक नीतिमा हुनुपर्छ ।
मेरोन्यूजकर्मी किरण अधिकारीले पूर्व गर्भनर डा. चिरञ्जिवी नेपालसँग मौद्रिक नीतिका बारेमा गरेको कुराकानीमा आधारित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
प्रतिक्रिया