चाँगुनारायण र मध्यपुरद्धारा मेलम्ची र हेलम्बुलाई सहयोग

भक्तपुर । चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाले बाढी र डुवानबाट प्रभावितको उद्धार तथा राहतका लागि सिन्धुपाल्चोकका मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग प्रदान गरेका छन् ।
चाँगुनारायण नगरपालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकले मेलम्ची नगरपालिकालाई १० लाख र हेलम्बु गाउँपालिकालाई पाँच लाख रुपैयाँ दिने निर्णय गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।
नगरप्रमुख मिश्र र उपप्रमुख बिना बास्तोलाको टोली आजै मेचम्ची गएको छ ।
त्यसैगरी मध्यपुरथिमि नगरपालिकाले पनि मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई २२ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
नगरपालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकले विपदमा परेको दुई स्थानीय तहका नागरिकको उद्धार र राहत वितरणमा टेवा पुर्याउन रकम दिने निर्णय गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।
नगरपालिकाले मेलम्चीलाई ११ लाख ११ हजार १११ र हेलम्बुलाई ११ लाख ११ हजार १११ गरि २२ लाख २२ हजार दुई सय २२ रुपैयाँ सहयोग गर्ने निर्णय अनुसार रकम बैंक मार्फत पठाउने उनले जानकारी दिए ।















नेपाल प्रहरीका ४८ एसपीको सरुवा, झापामा बसुन्धरा खड्का
हालसम्म ८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न
पर्सामा एक सय ६७ मतदानस्थल कायम
सुरक्षा निकायका टोलीद्वारा मतदानस्थलको अनुगमन
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया