कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन आयोगमा आधिकारिता दाबी गर्दै केही प्रमाण बुझाएको छ ।
कांग्रेस देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसा भण्डारीलाई बुझाएका हुन् ।
विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापति भएपछि देउवा समूह वैधानिकताका लागि दबाब दिन शुक्रबार बिहानै कान्तिपथस्थित निर्वाचन आयोग पुगेको हो।
कार्यवाहक सभापति खड्का, धनराज गुरुङ, बिमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ, जीतजंग बस्नेतसँगै देउवा समूहका केन्द्रीय सदस्य दबाब दिन आयोग पुगेका हुन् ।
पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरूसहित दलबलका साथ शुक्रबार निर्वाचन आयोग पुगेका कार्यवाहक सभापति खड्काले आयोगका पदाधिकारीसामु गगन थापा नेतृत्वको कांग्रेस आधिकारिका लागि पुग्नु लोकतन्त्र माथिको षडयन्त्रको संकेत भएको बताएका छन् ।
















नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया