शनिबार, वैशाख १९, २०८३

एउटी वेश्ये चाहिने जस्तो यो रात

बासुशशी २०७८ असार ५ गते ११:४४

एउटी वेश्ये चाहिने जस्तो यो रात
बुद्धले घर छाड्दाको जस्तो यो रात

Advertisement
NiccNicc

मलाई के हेर्नु छ र, मैले यो बत्ती बालिराखेको छु
यो कोही एक्कासी चिच्याएर ल्याउला जस्तो रात
यो कसैको घाँटी थिच्न आउला जस्तो रात
आत्महत्या मानिसहरू यस्तै रातमा गर्दा हुन्

यो मरीचको पीरो जस्तो रात
यो सबैले कोठाबाहिर फालिदिएको रात
कदाचित् धरतीको आफ्नै स्वभाव समय रात हो
कदाचित् उपस्थितिको अभिव्यक्ति रात हो

जडको पनि, जीवनको पनि
ए स्वास्नीमान्छे तिमी कहाँसम्म पुग्न पनि त्यतिकै गाह्रो
तिमी कहाँबाट फर्कन पनि त्यतिकै गाह्रो
यो त्यही गाह्रो जस्तो रात
यो तिमी जस्तै रात
यो म जस्तै रात
यो तिमी र म को हामी जस्तो रात
जो आदमले फल खाँदाको जस्तो रात

‘आजका नेपाली कविता’ पुस्तकमा प्रकाशित छ ।

प्रतिक्रिया