राजकुमारीले गरिन् २४ करोड रुपैयाँ भत्ता नलिने घोषणा

काठमाडौँ । नेदरल्याण्डकी राज सिंहासनकी उत्तराधिकारी तथा प्रिन्सेस (राजकुमारी) ऐमालियाले आफूलाई सरकारले दिँदै आएको भत्ता नलिने घोषणा गरेकी छन् । उनले वार्षिक झण्डै २४ करोड रुपैयाँ भत्ता पाउँदै आएकी थिइन् ।
समाचारमा जनाइएअनुसार राजकुमारी ऐमालिया आगामी ७ डिसेम्बर २०२१ मा १८ वर्ष पूरा हुँदै छिन् । १८ वर्ष पूरा भएसँगै उनले कानुनी रुपमा राजकीय भत्ता पाउने छिन् ।
‘मैले कानुनी रुपमा राजकीय भत्ता पाउने छु, जब मैले केही काम नगरेपछि भत्ता कसरी लिन सक्छु,’ राजकुमारी ऐमालियाले भनेकी छन्,’ । उनले राजकीय भत्ता नलिनेबारे प्रधानमन्त्री मार्क रूटले एक विज्ञप्ति जारी गरी जानकारी गराएका थिए ।
पत्रमा भनिएको छ, ‘कोरोना भाइरसका कारण देश कठिन समय आएको छ, त्यसैले उहाँले आफ्नो विरासतका लागि राजकीय भत्ताको अधिकार त्याग गर्नु भएको छ ।’
ऐमालिया नेदरल्याण्डका राजा एलेक्जेण्डरकी छोरी हुन् । हालै मात्र उनले आफ्नो हाइस्कूलको पढाई पूरा गरेकी छन् । नेदरल्याण्डका सरकारी समाचार संस्थाका अनुसार विभिन्न शीर्षकमा उक्त रकम प्राप्त गर्ने थिइन् । एजेन्सी
















नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
एमालेको सचिवालय बैठक बस्दै
नेपालीको उद्धार गर्न आजदेखि खाडी राष्ट्रमा विशेष उडान
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया