राजकुमारीले गरिन् २४ करोड रुपैयाँ भत्ता नलिने घोषणा

काठमाडौँ । नेदरल्याण्डकी राज सिंहासनकी उत्तराधिकारी तथा प्रिन्सेस (राजकुमारी) ऐमालियाले आफूलाई सरकारले दिँदै आएको भत्ता नलिने घोषणा गरेकी छन् । उनले वार्षिक झण्डै २४ करोड रुपैयाँ भत्ता पाउँदै आएकी थिइन् ।
समाचारमा जनाइएअनुसार राजकुमारी ऐमालिया आगामी ७ डिसेम्बर २०२१ मा १८ वर्ष पूरा हुँदै छिन् । १८ वर्ष पूरा भएसँगै उनले कानुनी रुपमा राजकीय भत्ता पाउने छिन् ।
‘मैले कानुनी रुपमा राजकीय भत्ता पाउने छु, जब मैले केही काम नगरेपछि भत्ता कसरी लिन सक्छु,’ राजकुमारी ऐमालियाले भनेकी छन्,’ । उनले राजकीय भत्ता नलिनेबारे प्रधानमन्त्री मार्क रूटले एक विज्ञप्ति जारी गरी जानकारी गराएका थिए ।
पत्रमा भनिएको छ, ‘कोरोना भाइरसका कारण देश कठिन समय आएको छ, त्यसैले उहाँले आफ्नो विरासतका लागि राजकीय भत्ताको अधिकार त्याग गर्नु भएको छ ।’
ऐमालिया नेदरल्याण्डका राजा एलेक्जेण्डरकी छोरी हुन् । हालै मात्र उनले आफ्नो हाइस्कूलको पढाई पूरा गरेकी छन् । नेदरल्याण्डका सरकारी समाचार संस्थाका अनुसार विभिन्न शीर्षकमा उक्त रकम प्राप्त गर्ने थिइन् । एजेन्सी














माघ ३ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
हाफ म्याराथनको उपाधि गुरुङलाई
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया