ठाकुर पक्षले किर्ते कागज निर्वाचन आयोगमा पेश गर्यो : यादव पक्ष

काठमाडौँ । जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षले पार्टीका अर्को अध्यक्ष महन्थ ठाकुरले निर्वाचनमा आयोगमा फर्जी पत्र दर्ता गरेको आरोप लगाएको छ ।
ठाकुरले शुक्रवार निर्वाचन आयोगलाई २०७७ पुस ७ गतेको बैठकबाट कार्यकारिणी समिति हेरफेर, प्रमाणिकरण र पार्टीको आधिकारिक पत्राचारको अधिकार आफूलाई दिएको माइन्युट सहितको पत्र दर्ता गराएका थिए । यादव पक्षले यसप्रति गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।
पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै हुँदै नभएको निर्णयलाई निर्णय भनी किर्ते जालसाजी गरी महन्थ ठाकुरले निर्वाचन आयोगमा झुठा विवरण दर्ता गराएको आरोप लगाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, “निर्वाचन आयोग,पार्टी पंक्ति र आमजनतालाई गुमराह गर्ने उद्देश्यले यस्ता नक्कली बैठक पुस्तिका तयार गरी गरिएको कार्य अनैतिक,गैरकानूनी तथा दण्डनीय कार्य हो । जसपाको पुस ७ गतको वैठकले गरेका निर्णय अध्यक्षद्धय यादव र ठाकुरको संयुक्त हस्ताक्षरद्धारा सार्वजनिक भएको र केन्द्रीय कार्यकारिणी हेरफेर तथा पुनर्गठन गर्ने अधिकार ठाकुरलाई दिने प्रस्ताव उक्त वैठकको कार्यसूचीमा थिएन । त्यस्तो कुनै निर्णय पनि भएको छैन । निर्वाचन आयोग, पार्टी पंक्ति र आम जनतालाई गुमराह गर्ने उद्देश्यले यस्ता नक्कली पुूस्तका तयार गरिएको कार्य अनैतिक, गैरकानुनी तथा दण्डनीय हो ।”
जसपाको विवाद अहिले निर्वाचन आयोगमा छ ।










जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया