राहत लिएर गएको हेलिकप्टर रोकियो
मेरोन्यूज
२०७८ असार ६ गते १९:४७

काठमाडौँ । मनाङको बाढीपहिरो पीडितका लागि राहत लिएर गएको नेपाली सेनाको हेलिकप्टर मौसम खराबका कारण सदरमुकाम चामेमा रोकिएको छ । विघटित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङसहित स्थानीय तहका पदाधिकारी सवार हेलिकप्टर राहत लिएर मनाङको बाढी प्रभावित क्षेत्रमा पुगेको हो ।
मनाङको विभिन्न स्थानका बाढी पीडितका लागि राहत लिएर आएको हेलिकप्टरमा इन्धन राख्न पोखरा लागि उडेको थियो । तर मौसम खराब भएकाले पुनः सदरमुकाम चामे नै फर्किएको हो ।
बाढी पीडितलाई दैनिक उपभोग्य सामग्रीसहित तत्कालका लागि आवश्यक पर्ने त्रिपाल, टेन्ट, म्याटलगायतका राहत सामग्री ल्याइएको जनाएको छ ।
गएको मंगलबार मनाङको विभिन्न स्थानमा भीषण वर्षापछि यहाँका बाटो क्षतविक्षत भएर गाडीसमेत आवागमन हुन सकेका छैनन् ।
सम्बन्धित














पाकिस्तानको पञ्जाबमा ट्रक अनियन्त्रित भइ दुर्घटना हुँदा १४ जनाको मृत्यु
भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री
बर्जु दुर्घटना पीडित परिवारलाई १२ लाख क्षतिपूर्ति
हाफ म्याराथनको उपाधि गुरुङलाई
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
महामन्त्रीद्वयलाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय
प्रतिक्रिया