सञ्चारमन्त्री थापासँग इजरायलका राजदुतको भेटवार्ता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको भेटवार्ता नेपाल–इजरायलबीचको सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा केन्द्रीत रहेको थियो ।
भेटमा सञ्चारमन्त्री थापाले राजदुत गोडेरमार्फत ईजरायलका नवनियुक्त प्रधानमन्त्री नफताली बेन्नेटलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उनको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाईमा पुग्ने विश्वाँस व्यक्त गरिन् ।

नेपालको विविधि क्षेत्रमा इजरायले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै मन्त्री थापाले आगामी दिनमा समेत सहयोग र सहकार्यले निरन्तरता पाउने आशा व्यक्त गरिन् ।
भेटमा राजदूत गोडेरले सञ्चारमन्त्री थापालाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए । उनले नेपालको सूचना प्रविधिको क्षेत्रमा इजरायल सहयोग र सहकार्य गर्न इच्छुक रहेको मन्त्री थापालाई जानकारी गराए ।
उनले गतवर्ष नेपाल ईजरायल सम्बन्धले ६० वर्ष पुरा गरेको स्मरण गर्दै आगामी दिनमा यो सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वाँस व्यक्त गरे ।














निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल
आन्तरिक सुरक्षा : स्थिरता, विश्वास र राष्ट्र सन्तुलनको आधार
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
प्रतिक्रिया