देउवालाई टक्कर दिँदै तीन भाइ !

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नकिँदै गर्दा नेताहरूबीच भेट वार्ता बढ्न थालेको छ । पार्टी शेरबहादुर देउवाले आगामी महाधिवेशनमा आफूले पुनः सभापतिमा उम्मेदवारी दिने बताएसँगै विपक्षी पक्षका नेताहरूले भेट वार्तामा जोड दिएका हुन् ।
यस क्रममा पार्टी उपसभापति विमलेन्द्र निधिले आगामी महाधिवेशनका सभापतिमा दाबेदार दुई नेताहरू महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई बोलाएर वार्ता गरेका छन् । यी तीन भाइको वार्ताले महाधिवेशनमा देउवलाई टक्कर दिने भएका छन् ।
सभापति देउवाले महाधिवेशनको तयारी गर्दै प्रदेश–प्रदेशका आफूनिकटका केन्द्रीय सदस्यसँग छलफल गरिरहेको अवस्थामा निधिले दुई प्रभावशाली नेतालाई आफ्नो निवासमा बोलाएर वार्ता गरेका हुन् ।
महाधिवेशनमा देउवालाई चुनौती दिन सक्ने यी तीन नेताको वार्तालाई पार्टीभित्र अर्थपूर्ण रुपमा हेरिएको छ । गत शनिबार देउवालाई भेटेर सभापतिमा उठ्नेबारे निधिले जानकारी गराएका थिए ।
सभापतिमा पुनः उठ्ने तयारी गरेसँगै देउवालाई साथ दिँदै आएका निधि असन्तुष्ट बन्दै गएका छन् । उनले विपक्षी पक्षसँग छलफल बढाउँदै गर्दा देउवा आफ्नै तयारीमा व्यस्त हुँदै आएका छन् ।
दुई घण्टाभन्दा बढी छलफलमा जुटेको निधि, कोइराला र सिंहले आगामी महाधिवेशनबारे गम्भिर वार्ता गरेका छन् ।
यसका साथै उनीहरूले विपक्षी गठबन्धनबाट देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने सहमति गरेको स्रोतले जनाएको छ ।













एमालेले आज काठमाडौंमा जनप्रदर्शन गर्दै, केपी ओलीले सम्बोधन गर्ने
माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो
निसीखोलामा पुतली नाचको रौनक
यी हुन् एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया