नेप्से परिसूचक लगातार दुई दिन उच्च अंकले गिरावट

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक लगातार दुई दिन उच्च अंकले गिरावट आएको छ । नेप्से यो साताको पहिलो र दोस्रो दिन उच्च अंकले गिरावट भएको छ । आज ७१ दशमलव ०६ अंकले घटेर २ हजार ८ सय ३४ दशमलव ४० अंकमा झरेको छ ।
‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८ दशमलव ३७ अंकले घटेर ५२० दशमलव १८ अंकमा झरेको छ । कारोबार रकम भने करिब १२ अर्ब पुगेको छ । १ लाख ३० हजार ३९७ कारोबारबाट २२७ कम्पनीको २ करोड ३० लाख ११ हजार ८२० कित्ता सेयर किनबेच भएका छन् ।
जसबाट कारोबार रकम ११ अर्ब ८४ करोड ५४ लाख ५४ हजार ६ सय ४ रुपैयाँ पुगेको छ । धेरै गुमाउनेमा फाइनान्स कम्पनी र दोस्रोमा जलविद्युत् कम्पनीहरु देखिएका छन् । विकास बैंक समूह ४ दशमलव ६ प्रतिशतले गिरावट आएको छ ।
आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकले कमाएको छ । नारायणीको सेयर मूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ ।
















चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
२४ घण्टामा दुई हजार ९ सय ३ जना सवारी चालक ट्राफिक कारबाहीमा
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
उज्यालो नेपाल पार्टीले भन्यो: वास्तविक सुकुमवासीको उचित र दीर्घकालीन व्यवस्थापन गरियोस्
खाली गरियो थापाथलीको सुकुम्बासी बस्ती
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया