युरोकपमा आज समूह डी का दुई खेल हुँदै
इंग्ल्यान्ड र चेक रिपब्लिक तथा क्रोएसिया र स्कटल्याण्ड भिड्ने

काठमाडौं । युरोपका विभिन्न ११ शहरमा आयोजना भईरहेको १६औं संस्करणको युरोकप फुटबलमा आज दुई खेलहरु हुँदैछन् ।
युरोकपको समूह चरण अन्तर्गत आज राति समूह डी का इंग्ल्यान्ड र चेक रिपब्लिक तथा क्रोएसिया र स्कटल्याण्ड भिड्ने छन् । इंग्ल्यान्डले वेम्बली स्टेडियममा चेक रिपब्लिकसँग खेल्नेछ । दुई टिमबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।
आज इंग्ल्यान्ड चेक रिपब्लिकलाई हराउँदै नकआउट चरणमा पुग्ने योजनामा रहेको छ । २ खेलमा ४ अंक जोडेको इंग्ल्यान्ड समूहको दोस्रो स्थानमा छ ।
इंग्ल्यान्डलाई बराबरीको नतिजाले समेत अन्तिम १६ मा पुर्याउने छ । तर, पराजित भएको खण्डमा अन्य टिमको नतिजामा निर्भर रहनुपर्ने छ ।
पहिलो खेलमा क्रोएसियालाई १–० गोल अन्तरले पराजित गरेको इंग्ल्यान्ड दोस्रो खेलमा स्कटल्याण्डसँग गोल रहित बराबरीमा रोकिएको थियो ।
चेक रिपब्लिक पनि इंग्ल्यान्डलाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । चेल रिपब्लिक २ खेलमा ४ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ । बराबरले समेत चेक रिपब्लिक अर्को चरणको यात्रा तय गर्नेछ ।
पहिलो खेलमा स्कटल्याण्डलाई २–० ले हराएको चेक रिपब्लिक दोस्रो खेलमा क्रोएसियासँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।
यसै समूहको अर्को खेलमा क्रोएसिया र स्कटल्याण्ड भिड्ने छन् ।
दुई टिमबीचको खेल पनि नेपाली समउ अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । हाम्पडेन पार्कमा दुबै टिम जित निकाल्दै अन्तिम १६ मा पुग्ने सम्भावना कायम राख्न चाहन्छन् ।
यस समूहमा क्रोएसिया २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा इंग्ल्यान्डसँग १–० ले पराजित क्रोएसिया दोस्रो खेलमा चेक रिपब्लिकसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।
स्कटल्याण्ड २ खेलमा १ अंक जोडेर पुछारमा छ । पहिलो खेलमा चेक रिपब्लिकसँग २–० ले पराजित स्कटल्याण्डले दोस्रो खेलमा इंग्ल्यान्डलाई गोलरहित बराबरीमा रोकेको थियो ।
यसअघि गएराती भएको खेलमा बेल्जियमले फिनल्याण्डलाई २–० ले, डेनमार्कले रसियालाई ४–१ ले, अष्ट्रियाले युक्रेनलाई १–० ले र नेदरल्याण्ड्सले मेसेडोनियालाई ३–० ले पराजित गरेका थिए ।

















रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
पोखरा विश्वविद्यालयका छ हजार छ सय २२ दीक्षित
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
चोरीका मोटरसाइकलको पार्टपुर्जासहित तीन जना पक्राउ
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया