ट्याक्सी ५५ दिनपछि निस्किए सडकमा

काठमाडौं । सरकारले निषेधाज्ञा केही खुकुलो गरेसँगै ५५ दिनपछि ट्याक्सी सडकमा निस्किएका छन् ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले गएरातीबाट लागू हुने गरी काठमाडौं उपत्यकाको निषेधाज्ञा केही खुकुलो बनाउने निर्णय गरेको थियो ।
सोही अुनसार आजबाट काठमाडौं उपत्यकाको निषेधाज्ञा केही खुकुलो भएको छ । स्वास्थ्य मापदण्ड पालना गरी ट्याक्सीले यात्रु बोक्न पाउने भएका हुन् ।
जोर विजोर प्रणाली अनुसार ट्याक्सी सञ्चालनको अनुमति दिएको र स्वास्थ्य मापदण्ड पालना गरी एकपटकमा बढीमा तीन जना यात्रु बोक्न पाउने काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए ।
गत बेशाख १६ गतेबाट निषेधाज्ञा सुरु भएपनि सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो ।
कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै प्रशासनले सार्वजनिक यातायातका साधन सञ्चालनमा भने अझै रोक लगाएको छ ।
















दाङमा सवारी दुर्घटनाको अवस्थाः चार वर्षमा तीन सय बढीको मृत्यु
युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते
पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु
गैरीगाउँको सुकुम्बासी बस्ती हटाउन सुरु
दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’: चार परिवारलाई कीर्तिपुर पठाइयो
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
नेपाल ‘ए’ ओमानसँग पराजित
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
प्रतिक्रिया