ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु
मेरोन्यूज
२०७८ असार ८ गते १०:००

बलेवा । बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
बागलुङ नगरपालिका–३ रातमाटामा ध १ च ८३ नम्बरको ट्याक्टर सडकबाट २० मिटर तल खस्दा घाइते भएका बागलुङ–१२ का १८ वर्षीय किशोर सरोज विकको उपचारका क्रममा मृत्यु भएको हो ।
आज बिहान ६ बजे ट्याक्टर अनियन्त्रित भई सडकबाट खसेको चालकलाई उदृत गर्दै प्रहरीले बताएको छ । ट्याक्टरले च्यापिएर घाइते भएका सहचालक विकलाई चालकले धवलागिरि अस्पताल ल्याएका थिए ।
उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिए । चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
सम्बन्धित
















कांग्रेस संसदीय दलको नेता चयनबारे बैठक बस्दै
आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्रा विनिमयदर
आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया