एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश

२ चैत, काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई हिरासत बाहिर राखेर थप अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले आदेश जारी गरेको छ ।
उनले एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेका थियो । शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो ।
यसअघि नै मुद्दा चलाउन नपर्ने निर्णय भइसकेकाले उनलाई हिरासतमुक्त गरी मुद्दाको अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश जगतबहादुर पौडेलको इजसालले आदेश जारी गरेको हो ।
आदेशमा भनिएको छ, ‘माननीय महान्यायाधिवक्ताबाट तोकी आएअनुसार उल्लेखित आधार र कारणका आधारमा शंकित रेखा कुमारी शर्मा उपर मुद्दा नचल्ने भै आएको निर्णय समर्थन गरी अन्तिम फैसला पठाइदिने निर्णय गरिदिएको छ भन्ने महान्यायाधिवक्ताको कार्यालयबाट मिति २०८०-०२-१६ मा निर्णय भइसकेको विषयमा पुनः सोही विषयमा प्रतिवादीलाई थुन्नै राखी मुद्दा गर्नु पर्ने अवस्था नदेखिँदा प्रतिवादी रेखा कुमारी शर्मालाई हिरासतबाट मुक्त गरी मुद्दाको अनुसन्धान गर्नु ।’


















अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
गुडिरहेकाे बसमा आगलागी
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
प्रतिक्रिया