नेपालसहित कम र मध्य आएभएका देशहरुलाई अमेरिकाको १ करोड ६० लाख खोप विनियोजन
मेरोन्यूज
२०७८ असार ८ गते ११:३१

काठमाडौं । अमेरिकाले नेपालसहित निम्न र मध्यम आय भएका १८ एसियाली मुलुकलाई कोभ्याक्स मार्फत थप १ करोड ६० लाख खोप विनियोजन गरेको छ । सोमबार अमेरिकाले बाँकी ५ करोड ५० लाख खोप वितरणको विस्तृत विवरण सार्वजनिक गरेको छ । जस अनुसार एसियाका १८ मुलुकहरुलाई कोभ्याक्स मार्फत १ करोड ६० लाख खोप वितरण गरिने छ ।
अमेरिकाले खोप दिने घोषणा गरेका एसियाली मुलुकहरुमा भारत, नेपाल, बंगलादेश, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, भुटान, फिलिपिन्स, भियतनाम, इण्डोनेसिया, थाइल्याण्ड, मलेसिया, लाओस, पपुवा न्यूगिनी, ताइवान, कम्बोडिया र प्यासिफिक आइल्याण्ड रहेका छन् ।
अमेरिकाले विश्वका निम्न र मध्यम आय भएका मुलुकलाई जुन महिनाको अन्तसम्म ८ करोड खोप वितरण गर्ने घोषणा गरेको छ भने अमेरिकाले यस अगाडि दुई करोड ५० लाख खोप वितरणको विस्तृत खाका सार्वजनिक गरेको थियो ।
सम्बन्धित














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
प्रतिक्रिया