युरोकप : आजका सबै खेल एकै समयमा

काठमाडौँ । युरोकप फुटबलमा आज (मंगलबार) राति १२:४५ बजेदेखि दुई खेलहरु हुँदैछन् । युरोकपमा आज राति समूह डीका दुई खेलहरु हुनेछन् । जसमा इंग्ल्यान्ड र चेक रिपब्लिक तथा क्रोएसिया र स्कटल्याण्ड भिड्ने छन् ।
इंग्ल्यान्ड र चेक रिपब्लिक बीचको खेल राति १२:४५ बजे वेम्बली स्टेडियममा सुरु हुनेछ । आज इंग्ल्यान्ड चेक रिपब्लिकलाई हराउँदै नकआउट चरणमा पुग्ने योजनामा रहेको छ भने २ खेलमा ४ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा क्रोएसियालाई १-० गोल अन्तरले गरेको इंग्ल्यान्ड दोस्रो खेलमा स्कटल्याण्डसँग गोल रहित बराबरीमा रोकिएको थियो ।
चेक रिपब्लिक पनि इंग्ल्यान्डलाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । चेक रिपब्लिक २ खेलमा ४ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा स्कटल्याण्डलाई २-० ले हराएको चेक रिपब्लिक दोस्रो खेलमा क्रोएसियासँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।
यसै समूहको अर्को खेलमा क्रोएसिया र स्कटल्याण्ड राति १२:४५ बजे भिड्ने छन् । यस समूहमा क्रोएसिया २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ भने पहिलो खेलमा इंग्ल्यान्डसँग १-० ले पराजित क्रोएसिया दोस्रो खेलमा चेक रिपब्लिकसँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।
स्कटल्याण्ड २ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ भने पहिलो खेलमा चेक रिपब्लिकसँग २-० ले पराजित स्कटल्याण्डले दोस्रो खेलमा इंग्ल्यान्डलाई गोलरहित बराबरीमा रोकेको थियो ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
दुई दिनभित्र इरानसँग फेरी वार्ता हुने ट्रम्पको संकेत
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
प्रतिक्रिया