टोखाले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई २० लाख सहयोग गर्ने

काठमाडौँ । टोखा नगरपालिकाले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई २० लाख सहयोग गर्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाको सोमबार बसेको ७०औँ नगर कार्यपालिकाको बैठकले असार २ गते राति गएको बाढी तथा पहिरोबाट पीडित जनतालाई राहत र उद्दारका लागि उक्त सहयोग गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले सिन्धुपाल्चोकमा बाढी र पहिरोले पुर्याएको क्षति तथा उद्दारका लागि टोखाले कार्यपालिकाको बैठकमार्फत २० लाख राहतको घोषणा गरेको जानकारी दिए । “मेलम्ची नै काठमाडौँ उपत्यकाको पानीको प्रमुख स्रोत भएको र सो स्थानमा विपद् पर्दा नगरपालिकाले थोरै भए पनि सहयोग गर्ने उदेश्यले उक्त राहत प्याकेज घोषणा गरेका हौँ,” उनले भने ।
टोखाले घोषणा गरेको राहत प्याकेजमध्ये हेलम्बु गाउँपालिकालाई १० लाख र मेलम्ची नगरपालिकालाई १० लाख रहेको छ । बुधबार राति आएको बाढीले मेलम्ची बजार डुवानमा पर्नुका साथै ठूलो जनधनको क्षति भएको थियो । यस्तै, टोखा नगरपालिकाले आर्थिक वर्ष २०७८र०७९ को वार्षिक नीति तथा कार्यक्रम भोलि ९बुधबार० नगरसभामा पेश गर्ने कार्यक्रम रहेको छ । रासस











निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
रवि लामिछानेलाई दमौलीमा देखाइयो कालो झण्डा, सात जना पक्राउ
सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछः गृहमन्त्री अर्याल
राष्ट्रसंघकी आवासीय संयोजक याहियासँग महासङ्घका अध्यक्ष ढकालको भेटवार्ता
आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
प्रतिक्रिया