झण्डै १३ लाख ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप दिन ढिला हुँदा सर्वोच्चले दियो आदेश

काठमाडौँ । सर्वोच्च अदालतले पहिलो डोज खोप लगाएका ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोज खोप दिन अन्तरिम आदेश दिएको छ ।न्यायाधीश ईश्वर खतिवडाको इजलासले गत फागुनमा कोभिशिल्डको पहिलो डोज खोप लगाएका ६५ वर्ष नाघेका १३ लाख ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन अन्तरिम आदेश दिएको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोभिशिल्ड खोपको पहिलो डोज लगाएको ८ देखि १२ हप्तासम्म खोस्रो डोज लगाउन सकिन्छ । तर, नेपालका ६५ वर्षमाथिका साढे १३ लाख ज्येष्ठ नागरिकले पहिलो डोज खोप लगाएको १२ हप्ता नाघिसक्दा पनि पाएका छैनन् । न्यायाधीश खतिवडाको इजलासले पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप दिन ढिला भइरहेको भन्दै यथाशीघ्र खोप व्यवस्था गर्न सरकारलाई अन्तरिम आदेश दिएको छ ।
ज्येष्ठ नागरिकलाई खोप माग गर्दै अर्जुनराज गिरी लगाएतले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । मंगलबार सर्वोच्चले उक्त रिटमा सुनवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश र तत्काल खोप उपलब्ध गराउन अन्तरिम आदेश दिएको हो । भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप नेपालले थप मात्रा ल्याउन नसक्दा पहिलो डोज खोप लगाएका ज्येष्ठ नागरिकले दोस्रो डोज खोप पाउन सकेका छैनन् ।
















बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप
किम्बु बिरुवाको माग बढ्दो
केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
प्रतिक्रिया