झण्डै १३ लाख ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप दिन ढिला हुँदा सर्वोच्चले दियो आदेश

काठमाडौँ । सर्वोच्च अदालतले पहिलो डोज खोप लगाएका ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोज खोप दिन अन्तरिम आदेश दिएको छ ।न्यायाधीश ईश्वर खतिवडाको इजलासले गत फागुनमा कोभिशिल्डको पहिलो डोज खोप लगाएका ६५ वर्ष नाघेका १३ लाख ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन अन्तरिम आदेश दिएको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोभिशिल्ड खोपको पहिलो डोज लगाएको ८ देखि १२ हप्तासम्म खोस्रो डोज लगाउन सकिन्छ । तर, नेपालका ६५ वर्षमाथिका साढे १३ लाख ज्येष्ठ नागरिकले पहिलो डोज खोप लगाएको १२ हप्ता नाघिसक्दा पनि पाएका छैनन् । न्यायाधीश खतिवडाको इजलासले पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप दिन ढिला भइरहेको भन्दै यथाशीघ्र खोप व्यवस्था गर्न सरकारलाई अन्तरिम आदेश दिएको छ ।
ज्येष्ठ नागरिकलाई खोप माग गर्दै अर्जुनराज गिरी लगाएतले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । मंगलबार सर्वोच्चले उक्त रिटमा सुनवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश र तत्काल खोप उपलब्ध गराउन अन्तरिम आदेश दिएको हो । भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप नेपालले थप मात्रा ल्याउन नसक्दा पहिलो डोज खोप लगाएका ज्येष्ठ नागरिकले दोस्रो डोज खोप पाउन सकेका छैनन् ।













काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
प्रतिक्रिया