राजेन्द्र र इन्द्रलाई भेट्रान टेबल टेनिसको उपाधि
मेरोन्यूज
२०७८ असार ८ गते १९:२६

काठमाडाैं । राजेन्द्र बज्राचार्य र इन्द्रशेखर खड्काले ओलम्पिक डेका अवसरमा आयोजित भेट्रान्स टेबल टेनिसको उपाधि जितेका छन् । राजेन्द्रले ४५ वर्ष माथिको प्रतियोगितामा सुमन शाक्यलाई पराजित गर्दै उपाधि जितेका हुन् ।
सुशील बज्राचार्य र अमिर बज्राचार्यले तेस्रो स्थान प्राप्त गरे । यस्तै ५५ वर्ष माथिको स्पर्धामा ईन्द्रले नेपाल टेलिभिजनका मनोहरि थापालाई पराजित गरे । तेस्रो स्थानमा प्रकास धाख्वा र सरदमान श्रेष्ठ रहे ।
विजयी खेलाडीहरुलाई अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष, कार्यकारी निर्देशक चतुरानन्द राजबैद्यले मेडल तथा पुरस्कार वितरण गरे । उक्त प्रतियोगितामा ४५ खेलाडीले सहभागिता जनाएको संघका उपाध्यक्ष एवं काठमाडाैं जिल्ला टेबल टेनिस संघका अध्यक्ष धर्ममान बज्राचार्यले बताए ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया