राजेन्द्र र इन्द्रलाई भेट्रान टेबल टेनिसको उपाधि
मेरोन्यूज
२०७८ असार ८ गते १९:२६

काठमाडाैं । राजेन्द्र बज्राचार्य र इन्द्रशेखर खड्काले ओलम्पिक डेका अवसरमा आयोजित भेट्रान्स टेबल टेनिसको उपाधि जितेका छन् । राजेन्द्रले ४५ वर्ष माथिको प्रतियोगितामा सुमन शाक्यलाई पराजित गर्दै उपाधि जितेका हुन् ।
सुशील बज्राचार्य र अमिर बज्राचार्यले तेस्रो स्थान प्राप्त गरे । यस्तै ५५ वर्ष माथिको स्पर्धामा ईन्द्रले नेपाल टेलिभिजनका मनोहरि थापालाई पराजित गरे । तेस्रो स्थानमा प्रकास धाख्वा र सरदमान श्रेष्ठ रहे ।
विजयी खेलाडीहरुलाई अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष, कार्यकारी निर्देशक चतुरानन्द राजबैद्यले मेडल तथा पुरस्कार वितरण गरे । उक्त प्रतियोगितामा ४५ खेलाडीले सहभागिता जनाएको संघका उपाध्यक्ष एवं काठमाडाैं जिल्ला टेबल टेनिस संघका अध्यक्ष धर्ममान बज्राचार्यले बताए ।
सम्बन्धित


















इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
अछाममा कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता
बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने
PM Shah expresses gratitude to mothers on Matatirtha Aunsi
अस्पतालको बेडमा ओली–प्रचण्ड वार्ता
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया