बागलुङका दुई पर्यटकीयस्थलमा उद्यान निर्माण

बागलुङ । यहाँका दुई पर्यटकीयस्थलमा उद्यान निर्माण गरिएको छ । गलकोट नगरपालिका–७ मल्म, राम्चेढुङ्गा र वडा नं ३ हटिया, सहस्रधारामा उद्यान बनेको हो ।
गण्डकी प्रदेश सरकारको ‘शहरी वन प्रवर्दन तथा उद्यान निर्माण’ योजनाअन्तर्गत गत आर्थिक वर्षदेखि उद्यानको काम थालिएको थियो ।
उद्यान निर्माणका लागि जिल्लास्थित डिभिजन वन कार्यालयमार्फत १२÷१२ लाख रुपैयाँ बजेट आएको थियो । कूल १५ लाखको योजनामा स्थानीयवासीले तीन लाख बराबरको श्रमदान गरेका थिए ।
राम्चेढुङ्गाको आठ रोपनी जग्गा समेटेर उद्यान बनाइएको निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु थापाले बताए ।
उक्त बजेटबाट उद्यानसम्म पुग्ने २०० मिटर पदमार्ग, प्रवेशद्वार, टिकटकक्षसहितको भवन, शौचालयलगायत संरचना निर्माण गरिएको उहाँको भनाइ छ ।
हरियाली उद्यानका लागि त्यहाँ विभिन्न प्रजातिका बोटबिरुवासमेत रोपिएको छ । स्थानीय जनहित माविको नाममा रहेको जग्गामा उद्यान बनाइएको हो ।
उद्यानबाट आउने आम्दानी आधा विद्यालयले पाउने सहमति छ । थप आर्थिक स्रोत जुटाएर पोखरी, विश्रामस्थल, मन्दिर आदि निर्माण गरेर बृहत् पर्यटकीय उद्यानका रूपमा विकास गर्ने लक्ष्य लिइएको अध्यक्ष थापाले बताए ।
“सबै पूर्वाधार तयार गर्दा रु एक करोड जति बजेट लाग्ने हाम्रो अनुमान छ”, उनले भने ।
राम्चेढुङ्गालाई जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बनाउन स्थानीयवासी कस्सिएका छन् । गाउँले जनजीवन, कला र संस्कृति झल्काउने सांस्कृतिक सङ्ग्रहालय पनि निर्माणको अन्तिम चरणमा छ ।
गण्डकी प्रेदशसभा सदस्य चन्द्रबहादुर बुढाको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ११ लाख बजेटबाट सङ्ग्रहालय भवन बन्न लागेको हो । उक्त सङ्ग्रहालय बनेपछि राम्चेढुङ्गामा नयाँ पर्यटकीय आकर्षण थपिनेछ । मनोरम प्रकृति, भू–बनोट र हिमशृङ्खलाको अवलोकन त्यहाँका मुख्य आकर्षण हुन् ।
गलकोटको अर्को आकर्षक गन्तव्यस्थल सहस्रधारा झरना परिसरमा बनेको उद्यानले त्यस क्षेत्रको सौन्दर्य बढाएको छ । उद्यान निर्माण योजनाअन्तर्गत झरनासम्म पुग्ने पदमार्ग, पोखरी, शौचालय, बगैंचा निर्माण, वृक्षरोपणलगायतका काम गरिएको वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताए ।
ढाडाको पाखा सामुदायिक वन क्षेत्रमा उद्यान निर्माण गरिएको हो । सहस्रधारा क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणका लागि नगरपालिकाले पनि बर्सेनि लगानी गर्दै आएको छ ।
“सहस्रधारा झरनालाई साहसिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यका साथ पूर्वाधार निर्माणमा जोड दिएका छौं”, वडाध्यक्ष भण्डारीले भने ।
उक्त झरनामा दुई वर्षअघि पहिलोपटक व्यावसायिकरूपमा क्यानोनिङ खेलाइएको थियो । राम्चेढुङ्गा र सहस्रधारा गलकोटका उदाउँदा पर्यटकीयस्थल हुन् ।
राम्चेढुङ्गामा व्यावसायिक प्याराग्लाइडिङ र सहस्रधारा झरनामा छाँगावरोहण (क्यानोनिङ) खलेको सम्भावना छ । पूर्वाधार निर्माणसँगै पर्यटकीय आकर्षण थपिन थालेपछि दुवै ठाउँ घुम्न जानेको सङ्ख्या पनि बढ्दो छ ।
उद्यान निर्माणले पर्यटकीय आकर्षण बढ्नुका साथै पर्यावरण पनि संरक्षण हुने जनाइएको छ । शहर वरिपरिका खाली एवं पाखो जग्गालाई हरियाली क्षेत्रका रूपमा विकास गर्न वन प्रवद्र्धन तथा उद्यान निर्माणको योजना ल्याइएको हो ।
















मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
‘Former PM Adhikari’s dedication unparalleled’
वीरगञ्जमा गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो
बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो
जापानमा मूल्यवृद्धिको असर ‘भेन्डिङ मेसिन’ बजारमा
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
प्रतिक्रिया