मंगलबार, पुष १, २०८२

योजना तर्जुमा बैठकमा सहभागी हुन हिंडेकी वडासदस्यको भिरबाट लडेर मृत्यु

मेरोन्यूज २०७८ असार ९ गते ६:४९

जाजरकोट । भिरबाट लडेर घाइते भएकी जाजरकोटको भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गएराति मृत्यु भएको छ ।

भेरी–२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उनी लडेर घाइते भएकी थिइन् ।

घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको नगरपालिकाका प्रवक्ता पार्वती विकले बताइन् ।

प्रतिक्रिया