आइतबार, वैशाख १३, २०८३

सर्वोच्चमा अधिवक्ता कार्कीको प्रश्न : ओलीले के गर्‍या हो यो ?

मेरोन्यूज २०७८ असार ९ गते १४:२४

काठमाडौँ । सर्वोच्च अदालतमा जारी बहसमा बोल्दै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले जटिल अवस्थालाई समाधानभन्दा अवरोध गर्ने खोजेको बताएका छन् ।

Advertisement
NiccNicc

प्रतिनिधिसभा विघटनविरुद्ध बुधबारदेखि सर्वोच्चमा सुरु भएको संवैधानिक इजलासको बहसमा उनले यस्तो बताएका हुन् । उनले भने, ‘राजनीतिक नैतिकता नहुने, विश्वासको मत नपाएपछि पनि अर्को सरकार बन्न अवरोध गर्ने, ओलीले के गर्‍या हो यो ?’

संसदबाट विश्वास गुमाएपछि प्रधानमन्त्री पदमा बस्न नहुने बताउँदै उनले भने, ‘राष्ट्रपतिले भन्नुपर्थ्यो, यू आर नो मोर प्राइममिनिस्टर ।’

प्रतिक्रिया