झण्डै एक अर्ब ३३ लाख रुपैयाँ घुस लिने ३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । कर फछर्यौट आयोग २०७१ का पदाधिकारीहरूले करिब एक अर्ब ३३ लाख रुपैयाँ घुस लिएको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उनीहरूले एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ घुस रकम लिएका हुन् ।
आयोगका अनुसार तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चुडामणि शर्मा ढकाल (तत्कालीन महानिर्देशक, आन्तरिक राजश्व विभाग)ले २०७१–१०–२२ मा नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फर्छ्यौट आयोग ऐन, २०३३ ले दिएको अधिकारबाहिर गएर वदनियतपूर्वक करदातासँग उक्त रकम दिएका हुन् । उनीहरूले नेपाल सरकारलाई प्राप्त हुने ठूलो राजस्व भ्रष्टाचार गरेको आयोगमा उजुरी परेको थियो ।
उनीहरूले तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारी रहेका प्रतिवादीहरूले कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरेको पुष्टि भएको छ । उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र दफा ७ को देहाय (क)मा परिभाषित कसुर गरेको पुष्टि भएकाले उक्त रकम बराबरको माग दाबी गरिएको छ ।
उनीहरूविरुद्ध आज बुधबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।
















हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज पनि निरन्तर सुनुवाइ
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
सभामुखले बोलाए प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया