इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई मङ्गलबारसम्म हर्मुज जलमार्ग पूर्ण रूपमा खोल्न चेतावनी दिँदै अन्यथा ‘नर्क देखाइदिने’ धम्की दिएपछिको परिस्थितीबारे चीनका विदेश मन्त्री वाङ यी र रुसका विदेश मन्त्री सर्गेई लाभरोभबीच फोन वार्ता भएको छ ।
जसमा उनीहरूले इरान र मध्यपूर्वको बिग्रँदो स्थिति बारे छलफल गरेको बताएका छन्। इरानलाई सेटेलाइट इमेजदेखि अन्य सैन्य विष्यमा चीन र रुसले सहयोग गर्दै आएको बताइन्छ । चीन र रुसकै आडमा इरान कडा रुपमा प्रस्तुत हुँदै आएको बताइन्छ ।
चीनका संयुक्त राष्ट्रसंघका राजदूत फु कोङका अनुसार, वाङ यीले चीन र रुस संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्य भएकाले निष्पक्षता कायम गर्नुपर्ने र अन्तर्राष्ट्रिय समुदायबाट थप समझदारी र समर्थन जुटाउन प्रयास गर्नुपर्ने बताएका छन्।
राजदूत फु कोङले थपेका छन् कि हर्मुज जलमार्गमा जहाजहरूको आवतजावतलाई सुरक्षित बनाउने मुख्य उपाय भनेकै ‘चाँडोभन्दा चाँडो युद्धविराम हुनु र लडाइँ रोकिनु’ हो।
रुसी विदेश मन्त्री लाभरोभले पनि मध्यपूर्वमा बढ्दै गएको सैन्य तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै ूसैन्य कारबाहीहरू तुरुन्तै बन्द हुनुपर्नेू रुसको अडान दोहोऱ्याएका छन्। चीन र रुसको यो संयुक्त पहलले अमेरिका र इजरायलमाथि सैन्य आक्रमण रोक्न अन्तर्राष्ट्रिय दबाब बढाएको देखिन्छ।
















देवचुलीमा एक पुरुष मृत फेला, महिला गम्भीर घाइते
महासङ्घ कोशीको अध्यक्षमा पुनः राउत निर्वाचित
तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा एकजनाकाे मृत्यु
सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
प्रतिक्रिया