राष्ट्र बैंकले माग्यो बढी कर्जा लिने ग्राहकको विवरण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ठूला ऋणीमाथि अनुसन्धान प्रक्रियाअघि बढाएको छ । बैंकले सबै बैंकहरूलाई ५० लाख रुपैयाँभन्दा बढी ऋण लिने ग्राहकको विवरण दैनिक रुपमा रिर्पोटिङ गर्न निर्देशन दिएको छ ।
पछिल्लो समय निषेधाज्ञाको समयमा उद्योग व्यवसाय सञ्चलनमा नआउँदा कर्जा विस्तार उच्च रुपमा भएपछि केकस्ता क्षेत्रमा कर्जा प्रवाह भइरहेको छ । सो विषयमा छानविन गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग ५० लाख रुपैयाँभन्दा बढी कर्जा लिने ग्राहकको विवरण पठाउन निर्देशन दिएको हो ।
पछिल्लो समय केकस्तो क्षेत्रमा कर्जा विस्तार भइरहेको छ ? त्यसको अनुसन्धान गर्न बढी कर्जा लिने ग्राहकको विवरण पठाउन निर्देशन दिइएको नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागले जनाएको छ ।
राष्ट्र बैंकको निर्देशन बमोजिम यसअघिका साथै आगामी दिनमा बढी कर्जा लिने ग्राहकको विवरण दैनिक बुझाउनु पर्ने छ । पछिल्लो समय राष्ट्र बैंकको नीतिविपरीत अन्य क्षेत्रमा बढी कर्जा विस्तार भइरहेको गुनासो बढेपछि सोसम्बन्धमा छानविन गर्न बढी कर्जा लिने ग्राहकको विवरण मगाएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।
केही समययता ठूला ऋणीहरुले उद्योग व्यवसायको नाममा कर्जा लिने तर त्यस्ता कर्जा सेयर र घरजग्गामा खरिदमा प्रयोग भइरहेको गुनासो बढेको थियो ।
राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीति निर्माणका लागि छलफल अघि बढाएको छ भने सोही अनुरुप सुझावहरू समेत मागेको छ ।
















बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले अमेरिकालाई दियो ८७ रनको लक्ष्य
स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
प्रतिक्रिया