राष्ट्र बैंकले माग्यो बढी कर्जा लिने ग्राहकको विवरण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ठूला ऋणीमाथि अनुसन्धान प्रक्रियाअघि बढाएको छ । बैंकले सबै बैंकहरूलाई ५० लाख रुपैयाँभन्दा बढी ऋण लिने ग्राहकको विवरण दैनिक रुपमा रिर्पोटिङ गर्न निर्देशन दिएको छ ।
पछिल्लो समय निषेधाज्ञाको समयमा उद्योग व्यवसाय सञ्चलनमा नआउँदा कर्जा विस्तार उच्च रुपमा भएपछि केकस्ता क्षेत्रमा कर्जा प्रवाह भइरहेको छ । सो विषयमा छानविन गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग ५० लाख रुपैयाँभन्दा बढी कर्जा लिने ग्राहकको विवरण पठाउन निर्देशन दिएको हो ।
पछिल्लो समय केकस्तो क्षेत्रमा कर्जा विस्तार भइरहेको छ ? त्यसको अनुसन्धान गर्न बढी कर्जा लिने ग्राहकको विवरण पठाउन निर्देशन दिइएको नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागले जनाएको छ ।
राष्ट्र बैंकको निर्देशन बमोजिम यसअघिका साथै आगामी दिनमा बढी कर्जा लिने ग्राहकको विवरण दैनिक बुझाउनु पर्ने छ । पछिल्लो समय राष्ट्र बैंकको नीतिविपरीत अन्य क्षेत्रमा बढी कर्जा विस्तार भइरहेको गुनासो बढेपछि सोसम्बन्धमा छानविन गर्न बढी कर्जा लिने ग्राहकको विवरण मगाएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।
केही समययता ठूला ऋणीहरुले उद्योग व्यवसायको नाममा कर्जा लिने तर त्यस्ता कर्जा सेयर र घरजग्गामा खरिदमा प्रयोग भइरहेको गुनासो बढेको थियो ।
राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीति निर्माणका लागि छलफल अघि बढाएको छ भने सोही अनुरुप सुझावहरू समेत मागेको छ ।









आठौँ सामाजिक सुरक्षा दिवस : साढे २६ लाख नागरिक सामाजिक सुरक्षाको छाताभित्र
हङकङकाे आवासिय भवनमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता
जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’
तरकारी खेतीबाट वार्षिक १० लाख बचत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया