यौन सम्पर्क राख्न नमानेपछि सन्तोषीको हत्या
२९ वर्षीय युवक पक्राउ

काठमाडौं । गत मंगलबार प्रहरीले दक्षिणकालीको मन्दिर नजिकै रहेको पार्किङसँगैको शौचालयमा एक महिलाको शव फेला परेको थियो ।
उक्त शव पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनको हत्या गरेको पुष्टि गर्दै प्रहरीले हत्याको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाले सुब्बाको हत्या गरेको अभियोगमा सिन्धुपाल्चोक चौतरा साँगाचोकगढी १४ घर भई हाल दक्षिणकाली नगरपालिका ७ बस्दै आएका २९ वर्षीय सुरेश तिमल्सिनालाई बुधबार पक्राउ गरेको हो ।

२९ वर्षीय तिमल्सिनालाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका २७ कमलाक्षी इनबहालबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
यौन सम्पर्क राख्न नमानेपछि हत्या
मृतक सुब्बा कालोपुलस्थित टहरामा बस्दै आएका धनबहादुर तामाङले करिब १८ वर्षदेखि धर्मछोरी बनाएर राखेका थिए । महानगरीय अपराध महाशाखाका अनुसार धनबहादुर तामाङले सन्तोषी आइतबारदेखि नै परिवारको सम्पर्कमा नरहेको बताएका थिए ।
प्रहरीका अनुसार सन्तोषी हिँडिरहने स्वभावकी भएको खुलेको छ । उनी घरबाट निस्केपछि फर्पिङ पुगेर होटेलमा बसेका थिए चियाँ खाने क्रममा उनको ५ गते सुरेशसँग भेट भएको प्रहरीले पुष्टि गरेको छ ।
घरबाट गंगटा खोज्न भनेर निस्किएकी सुब्बा गत असार ५ गते सिन्धुपाल्चोक चौतारा घर भई दक्षिणकाली बस्दै आएका २९ वर्षीय सुरेश तिमल्सिनासँग खान र बस्नका लागि हारगुहार गर्न पुगेकी थिईन् ।
एकल महिलाको फाईदा उठाउने मनस्थितीले आफुले काम गर्ने बसमा नै खाना र सुत्ने व्यवस्था मिलाईदिन्छु भन्दै सुरेशले सन्तोषीलाई आफ्नो ‘बसमै सुतौँ’ भनेर प्रस्ताव गरेका थिए । तर सन्तोषीले नमानेपछि दक्षिणकालिको मन्दिर परीसरमा रहेको सार्वजनिक सौचालय नजिक लगेर बलात्कार गर्न खोजेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
महानगरीय अपराध महाशाखाका अनुसार जबरजस्ती गर्ने क्रममा मृतक सुब्बाले प्रतिकार गर्न खोज्दा पक्राउ परेका तिमल्सिनाले सलले घाँटीमा बेरी हत्या गरेका थिए । उनले हत्या गरिसकेपछि शव पहिचानमा अफ्ठ्यारो होस् भन्ने हेतुले अनुहारमा ढुंगाले पटक पटक प्रहार गरि क्षतविक्षत गरेका थिए ।
पिकनिक स्पट छेऊ पुरानो सार्वजनिक सौचायल नजिक विभत्स अवस्थामा फेला परेको शव सुब्बाको भएको पहिचान गरी प्रहरीले अनुसन्धान सुरु गरेको थियो । घटनाबारे थाहाँ पाएपछि महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिषरको संयुक्त टोलीले घटनाको अनुसन्धान गर्न सुरु गरेको थियो ।
घटनालगत्तै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञसहितको टोलीले जाँच गर्नुका साथै तालिम प्राप्त विशेषज्ञ कुकुरबाट पनि घटनास्थलको अवलोकन गराइएको थियो ।
याे पनि
भाइरल बनेकी सुब्बाको शव फेला, आफन्तबाट हत्या भएको आशंका
सन्तोषीको हत्या अभियोग लागेका युवक पक्राउ

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
प्रतिक्रिया