‘ए प्रतिगमनका बा अब त अति भो,राष्ट्रलाई क्षति भो’ (फोटो फिचर)

काठमाडौं । संसद विघटनविरुद्ध विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठन आज संयुक्त सडकमा उत्रिएको छ । गठबन्धनमा आवद्ध दलका भातृ संगठनहरु नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले ले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनीमार्गमा गरेको प्रदर्शनमा सहभागीहरुले ‘ए प्रतिगमनका बा अब त अति भो, राष्ट्रलाई क्षति भो,’ कोभिड १९ खोप तत्काल व्यवस्था गर, असंवैधानिक कदम खारेज गर, विधिको शासन कायम गर, लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

अलोकतान्त्रिक, असंवैधानिक र जनविरोधी हर्कत जारी राखेकाले भौतिक दुरी कायम गरी विरोध प्रदर्शन गर्न लागिएको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

गत ७ जेठको मध्यरातमा राष्ट्रपतिले संसद् विघटन गरी चुनावको मिति घोषणा गरेपछि विपक्षी गठबन्धन त्यसविरुद्ध रिट निवेदन लिएर अदालत गएको थियो ।

गठबन्धनले प्रतिनिधिसभाका एक सय ४६ जना सांसदलाई सशरीर अदालतमा उपस्थित गराएर संविधानको धारा ७६ (५) बमोजिम कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरेको थियो । अहिले सर्वोच्चको संवैधानिक इजलासमा उक्त रिटमाथि अन्तिम सुनुवाइ चलिरहेको छ ।




जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
















कैलालीका ४० युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
‘Former PM Adhikari’s dedication unparalleled’
वीरगञ्जमा गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो
बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
प्रतिक्रिया