कुन मन्त्रालयमा कसले पाए जिम्मेवारी
गृह अर्थमन्त्री विष्णु पौडेललाई , सञ्चार बसन्त नेम्वाङलाई
काठमाडौं । सर्वाेच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर चुनावको मिति घोषणा गरेपछि पनि मन्त्रीपरिषद् विस्तार गरेकोमा अंकुश लगाउँदै अन्तरिम आदेश जारी गरिदिएपछि अहिले सरकारमा प्रधानमन्त्री ओली सहित ५ मन्त्री मात्र सिमित छन् ।
५ जनालाई भागवन्डा लगाएर प्रधानमन्त्री ओलीले मन्त्रालय वाडफाड गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्रीहरुको कार्यभार तोकेकी छिन् ।
जस अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफूसँग राखेर बाँकी मन्त्रालय अन्य मन्त्रीलाई दिएका छन् ।
अर्थमन्त्री विष्णु पौडेललाई उद्योग, वाणिज्य तथा आपूर्ती, उर्जा, जलस्रो तथा सिँचाइ र गृह मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
त्यसैगरी शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्ययन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार थप गरिएको छ ।
हेर्नुहोस सूचिसहित

















शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
मुक्तिनाथको शीरमा अनौठो ‘विष्णु चुल्हो’
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया