स्पेनमा हुने भनिएको आइसिसी विश्वकप क्रिकेट स्थगित

काठमाडौं । स्पेनमा हुने भनिएको आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ ।
कोभिड–१९ का कारण स्पेनमा तय भएको उक्त सिरिज एक वर्षका लागि स्थगित भएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । उक्त सिरिज जुलाई अन्तिममा हुने तालिका रहेको थियो ।
क्यानका सचिव प्याकुरेलका अनुसार सिरिज सन् २०२२ जुलाईसम्मका लागि स्थगित भएको छ । उक्त प्रतियोगिताका लागि नेपालले यही असार ८ गतेदेखि बन्द प्रशिक्षण शुरु गरेको थियो ।
लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ । लिगमा नेपालले चार खेलमा चार अङ्क जोडेको छ । नेपाल छैटौँ स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । बाह« खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।रासस


















इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
अछाममा कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता
बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने
PM Shah expresses gratitude to mothers on Matatirtha Aunsi
अस्पतालको बेडमा ओली–प्रचण्ड वार्ता
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया