शनिबार, फागुन १६, २०८२

गोरखा नगरपालिकाद्वारा १ अर्ब ५ करोडको बजेट सार्वजनिक

मेरोन्यूज २०७८ असार १० गते १८:४७

Advertisement
nepal life insurencenepal life insurence

गाेरखा । गोरखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट एवं नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले आगामी आर्थिक वर्षका लागि कूल रु एक अर्ब ५ करोड १ लाख २२ हजार ७३५ को बजेट सार्वजनिक गरिन् ।

नगरपालिकाले सार्वजनिक गरेको बजेटअन्तर्गत नेपाल सरकारबाट वित्तिय अनुदान समानीकरणबाट प्राप्त भएको रु २३ करोड ४९ लाख, सशर्त अनुदानबाट प्राप्त रु ३३ करोड ४६ लाख, राजस्व बाँडफाँडबाट प्राप्त भएको रु १० करोड २१ लाख ६४ हजार रहेको उपप्रमुख श्रेष्ठले जानकारी दिइन् ।

त्यस्तै विद्युत् रोयल्टी वापत रु एक करोड ५७ लाख ६० हजार, ९३५, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट रु एक करोड ३० लाख ४ हजार, राजस्व बाँडफाँडबाट रु एक करोड ३० लाख ४ हजार, समपूरक अनुदान ५० लाख, नगरपालिकाको आन्तरिक स्रोतबाट ८ करोड, सडक बोर्ड नेपालबाट प्राप्त भएको रु ५० लाख बजेटमा समावेश भएको उनले बताए ।

नगरपालिकाले सार्वजनिक गरेको बजेटमा बुहक्षेत्रीय पोषण कार्यक्रम, गाउँनगर साँझेदारी कोषबाट प्राप्त रकम, घरजग्गा रजिष्ट्रेसन, सामाजिक सुरक्षा, नगद मौज्जात ४ करोड र नगद लागत सहभागिता बापतको रु दुई करोड रहेको उपप्रमुख श्रेष्ठले जानकारी दिइन् ।

प्रतिक्रिया