शनिबार, फागुन १६, २०८२

क्युभिसीको ढिलाइले कामदार पठाउन समस्या

मेरोन्यूज २०७८ असार ११ गते १४:३७

काठमाडौं । कतार भिसा सेन्टर (क्युभिसी) को ढिलाइले गर्दा कामदार पठाउन समस्या भएको बताइएको छ । पछिल्लो समय कतारका लागि नियमित उडान खुले पनि सेन्टरले स्वास्थ्य परीक्षणको रिपोर्ट दिन ढिलाइ गरेका कारण कामदार पठाउन समस्या भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल सरकारले नियमति उडान गरेको भए पनि सेन्टरले स्वास्थ्य परीक्षण तथा टिकटको समस्याका कारण कामदार पठाउन समस्या भएको वैदेशिक रोजगार गणतान्त्रिक मञ्चका संयोजक रामप्रसाद भान्तनाले बताएका छन् ।

कतार भिसा सेन्टरबाट स्वास्थ्य परीक्षणको रिपोट आउनका लागि नै २–३ महिना नै लाग्ने गरेको उनको भनाइ छ । समयमा काम नहुँदा र टिकट महँगो तथा उपलब्ध हुन नसक्दा कामदार पठाउन नसकिएको संयोजक भान्तनाले जानकारी दिए ।

समयमा स्वास्थ्य परीक्षण र टिकटको सहज रुपमा उपलब्ध भएमा व्यवसाय चलायमान हुने उनले बताए । कतार भिसा केन्द्रलाई बारम्बार ताकेता गरेर छिटोभन्दा छिटो स्वास्थ्य परीक्षणको रिपोर्ट दिन आग्रह गरिएको लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका महासचिव भवानी निरौलाले जानकारी दिएका छन् ।

उनका अनुसार छिटो काम गर्नका लागि आग्रह गरिएको छ । अहिले पनि कतार भिसा सेन्टरमा स्वास्थ्य परीक्षणका लागि समय लिनेको संख्या करिब ८ हजार रहेको बताइएको छ ।

भिसा सेन्टरको समय पाउन कै लागि महिना दिनभन्दा बढीसम्म कुर्नुपर्ने बाध्यता रहेको व्यवसायीहरूले गुनासो गरेका छन् । भिसा आएपछि सेन्टरको अपोइन्टमेन्ट लिनकै लागिसमेत लामो समय कुर्नुपर्दा कतिपयको भिसाको अवधि नै सकिने अवस्था आउने गरेको पनि बताइएको छ । जसले कतार भिसा सेन्टर बढी नै झन्झटिलो भएको व्यवसायीले गुनासो गरेका छन् ।

कतार भिसा सेन्टरमा समस्यानै समस्या रहेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले जानकारी दिएका छन् ।

दैनिक ३ सय जनाको कोटा निर्धारण तथा समय धेरै लाग्ने भएकाले कतारबाट माग भएर आएको कामदारको कोटा कटौती हुन सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया