जापानमा हप्ताको ३ दिन बिदा हुने, बच्चा जन्मने दर वृद्धि हुने अपेक्षा

काठमाडौँ । जापान सरकारले कम्पनीहरूलाई ४ दिन मात्रै कार्यालय सञ्चालन गर्न सुझाव दिएको छ । यसअघि जापान सरकारले हप्तामा ५ दिन कार्यालय सञ्चालन गर्न दिँदै आएको थियो ।
कम्पनीमा कार्यरत कर्मचारीलाई हप्तामा ३ दिन बिदा दिने उद्देश्यले ४ दिन मात्रै कम्पनी सञ्चालन गर्न निर्देशन दिएको हो । जापान सरकारले आफ्ना सर्वसाधरणालाई जागिर, परिवार तथा आफन्तसँग समय बिताउने समय भरपुर बनाउनका लागि धेरै दिन बिदा दिन कम्पनी सञ्चालनको नियम नै परिवर्तन गर्न लागेको हो ।
यस नीति लागु भए सर्वसाधरणलाई अतिरिक्त समय निस्किने समाचारमा जनाइएको छ । यसले सर्वसाधरण एक–आपसमा भेट हुने, विवाह गर्ने र बच्चा जन्माउने हुँदा जनसंख्या वृद्धिमा सहयोग पुग्ने जनाइएको छ । यस नीतिलाई लिएर जापानमा बहस सुरू हुन पुगेको छ ।
योजनाअनुसार जापान सरकारको चाहना रहेको छ कि सर्वसाधरणलाई अतिरिक्त छुट्टी मिल्ने छ । छुट्टीमा सर्वसाधरण बाहिर जाने छन् । जसले गर्दा देशको अर्थ व्यवस्थामा सुधार हुने छ । छुट्टीमा नव जोडीहरू बाहिर घुम्ने छन् । एकआपसमा मिल्ने छन् । विवाह गर्ने छन् र बच्चा जन्माउने छन् । यसबाट जापानमा देखिएको कम हुँदै गएको जन्मदरमा सुधार आउने छ ।
सरकारी योजना सार्वजनिक भएसँगै केही अर्थशास्त्रीहरूले यो त्रुटी भएको बताएका छन् । उनीहरूले कर्मचारीले कम दिन काम गरे उनीहरूलाई आर्थिक समस्या पैदा हुने बताएका छन् ।
पछिल्लो समय जापानमा ज्यादा काम गर्ने कर्मचारीहरू धेरै विरामी हुने र तनावका कारण आत्महत्या गर्ने समाचार बाहिर आएको छ । यस नीतिले यस प्रकारको गतिविधिलाई रोक्ने अपेक्षासमेत गरिएको छ । एजेन्सी














माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
प्रतिक्रिया