युरोकपको नकआउट चरण आजदेखि हुँदै

काठमाडौँ । जारी युरो कप फुटबलको नकआउट चरण अर्थात अन्तिम १६ को खेलहरू आज शनिबारदेखि सुरु हुने भएको छ । नकआउट चरणअन्तर्गत आज राति दुई खेलहरू हुँदै छन् । पहिलो खेलमा वेल्स र डेनमार्क भिड्दै छन् भने दोस्रो खेलमा इटाली र अष्ट्रिया प्रतिस्पर्धा गर्ने भएको छ ।
नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा वेल्स र डेनमार्कबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । दुवै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ ।
डेनमार्क समूह ‘बी’को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । डेनमार्कले ३ खेलमा ३ अंक जोड्न सफल भएको थियो ।
यस्तै, वेल्स समूह ‘ए’को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । वेल्सले ३ खेलबाट ४ अंक जोडेको थियो ।
यसैगरी, इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने इटाली र अष्ट्रियाबीचको खेल राति १२ः४५ बजेदेखि सुरु हुने छ । दुवै टिमले जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्य राखेको छ ।
इटाली समूह ‘ए’को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । इटालीले ३ खेलमा ९ अंक जोडेको थियो । उसले शतप्रतिशत जित निकालेको हो ।
अष्ट्रिया भने समूह ‘सी’को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अष्ट्रियाले ३ खेलमा ६ अंक जोडेको थियो ।


















इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
अछाममा कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता
बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने
PM Shah expresses gratitude to mothers on Matatirtha Aunsi
अस्पतालको बेडमा ओली–प्रचण्ड वार्ता
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया