दाङकाे टरिगाउँ विमानस्थलमा तेल भण्डारण ट्यांकी आइपुग्याे

दाङ । टरिगाउँ विमानस्थलका लागि तेल भण्डारण गर्न रिफिलिङ ट्यांकी तथा आवश्यक उपकरण आइपुगेको छ । एकमहिना अगाडि भारतको मुम्बईबाट नेपालगञ्जस्थित भन्सार कार्यालयमा ती सामग्री ल्याइ राखिएको थियो ।
विमानस्थल कार्यालयका प्रमुख कैलाश शर्माले रिफिलिङ ट्यांकी तथा आवश्य उपकरण आज आइपुगेको जानकारी दिए । उनका अनुसार अब जहाजमा इन्धन भर्न बाउजर सहितका उपकरण ल्याउन आवश्यक छ । विमान स्थलमा इन्धन डिपो नहुँदा यहाँ आउने जहाजलाई नेपालगञ्ज गएर तेल भर्नु पर्ने समस्या रहेको छ ।
तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेयको विशेष पहलमा लामोसमयदेखि अवरुद्ध भएको हवाई सेवा सञ्चालन आएको छ । साथै विमान स्थलमा यात्रुको सुविधाका लागि नयाँ टर्मिनल भवन लगाएतका संरचनाहरु निर्माण सम्पन्न पनि भएका छन् ।
सो विमान स्थलबाट हाल नेपाल वायुसेवा निगमल दैनिक दुई उडान भर्दै आएको छ । हाल कोरोना भाइसर रोकथाम तथा नियन्त्रणकलागि जारी गरिएको निषेधाज्ञाका कारण हवाई सेवा रोकिएको छ ।
सरकारले यही असार १७ गतेदेखि जनस्वास्थ्यका आवश्यक मापदण्ड कायम गर्दै आन्तरिक उडान सञ्चालनमा ल्याउने जनाएको छ ।
















मुस्ताङमा यार्सा सङ्कलन सुरु
युद्धमा मारिएका सैनिकका लागि उत्तर कोरियाको सङ्ग्रहालय
मन्त्रिपरिषद् बैठक जारी
भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छः राष्ट्रपति
President Paudel lays foundation for Bhanu Literary Park in Tanahu
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया