६० हजार रुपैयाँ घुस लिने प्रहरी नियन्त्रणमा
मेरोन्यूज
२०७८ असार १३ गते १४:४४
काठमाडौँ । सुनसरी जिल्लाको इलाका प्रहरी कार्यालय सितागञ्जमा कार्यरत प्रहरी जवान कासिन्दर यादव नियन्त्रणमा परेका छन् । उनले आफ्नो कार्यालयमा परेको उजुरी मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा नियन्त्रण लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
यादवलाई घुस रकमसहित गत चैत्र २६ गते अख्तियारको कार्यालय इटहरीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा उनले ६० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।
यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कारबाही हुने आयोगले जनाएको छ । उनलाई आज आइतबार विशेष अदालत काठमाडौँमा उपस्थित गराई आरोप पत्र दायर गरिएको छ ।
सम्बन्धित
















मुस्ताङमा यार्सा सङ्कलन सुरु
युद्धमा मारिएका सैनिकका लागि उत्तर कोरियाको सङ्ग्रहालय
मन्त्रिपरिषद् बैठक जारी
भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छः राष्ट्रपति
President Paudel lays foundation for Bhanu Literary Park in Tanahu
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया