देउवा पक्षबाट ३६ जना वकिलले गरे बहस

काठमाडौँ । प्रतिनिधि सभा विघटन विरुद्धको रिटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका वकिलहरूको बहस सकिएको छ । संवैधानिक इजलासमा सुनुवाइ गर्न देउवा पक्षका वकिललाई १२ घन्टा बहस गर्ने समय दिइएको थियो । उक्त समय आज सकिएको छ ।
असार ९ गतेदेखि सुरु भएको विपक्षी गठबन्धनको तर्फको बहसमा ३६ जना कानुन व्यवसायीले बहस गरेका छन् । संसद विघटन मुद्दाको पक्ष र विपक्ष दुबै पक्षलाई १५/१५ घण्टा बहसको समय तोकिएको थियो । रिट निवेदक पक्षले पाएको १५ घण्टामध्ये १२ घण्टा सकिएको हो । ३ घण्टा समय रिट निवेदकको विपक्षीले बहस गरेपछि जवाफी बहसका लागि छुट्याइएको छ ।
यस्तै, सर्वोच्च अदालतले एमिकस क्युरीका लागि २ घण्टा समय तोकिएको छ । देउवाको पक्षमा बहस गर्ने वकिलहरुले संसदका बहुमत सदस्यहरूले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाएको तर राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई प्रधानमन्त्री नियुक्त नगरेको जिकिर गरेका थिए ।
अब सोमबारदेखि सरकार पक्षका वकिलले बहस गर्ने छन् । सरकार पक्षबाट महान्यायाधीवक्तासहित ११ अधिवक्ताले बहस गर्नेछन् ।
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया