कसले जित्ला फरवार्डको लडाइँ : रोनाल्डो कि लुकाकु

काठमाडौँ । जारी युरो कप फुटबल २०२० को क्वार्टरफाइनल प्रवेश गर्न विश्वकै नम्बर १ बेल्जियम र साविक विजेता पोर्चुगल भिड्दै छन् । आइतबार राति १२ः४५ बजे स्पेनको सेभिया स्टेडियममा दुई देशबीच भिड्ने भएको हो ।
ठूला प्रतियोगितामा यी दुई देशको यो पहिलो भेट हो । बेल्जियमविरुद्धको पाँच खेलमा पोर्चुगलले अपराजित यात्रा गरे पनि दुई खेल बराबरीमा रोकिएको छ ।
आजको खेलमा दुई देशको भिडन्तभन्दा बढी पोर्चुगलका क्रिष्ट्रियानो रोनाल्डो र बेल्जियमका रोमेलु लुकाकुबीचको प्रतिस्पर्धालाई हेरिएको छ । जारी खेलमा रोनाल्डोले ५ गोल गर्दा लुकाकुले ३ गोल गरेका छन् ।
जारी युरोकपमा धेरै गोल हान्ने शीर्ष स्थानमा रहेका रोनाल्डोले तीन खेलमा पाँच गोल गरेका हुन् । उनी अन्तर्राष्ट्रिय फुटबलमै सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाउन उनले अब एक गोल मात्रै गर्न बाँकी छ ।
पछिल्लोपटक बेल्जियमले ५८ खेल खेल्दा दुई खेलमा मात्रै गोल गर्न सकेको छैन । बाँकी ५६ खेलमा गोल गरेको छ ।
यसपटक समूह चरणबाट तेस्रो टोलीको रूपमा नकआउटमा पुगेको हो । यसअघि २०१६ मा पनि यसरी नै नकआउटमा पुगेको उसले उपाधि उचाल्न सफल भएको थियो । जसमा रोनाल्डो नायक बनेका थिए ।
उता, सन् २०१८ को विश्वकपपछि लुकाकुले बेल्जियमका लागि २१ खेल खेल्दै २३ गोल गरेको छ । यस्तै, ४ असिस्ट गरिसकेका छन् । जारी प्रतियोगितामा उसले समूह चरणका तीन खेलमा तीन गोल गरिसकेका छन् ।
यसअघिका तीन खेलमा पाँच गोल गरेका रोनाल्डो उत्कृष्ट फर्ममा छन् ।
२८ वर्षीय बेल्जियम फरवार्ड लुकाकुले भनेका छन्, ‘३६ वर्षीय रोनाल्डो अझै पनि चम्किरहेका छन्, म उनी जस्तै उपलब्धि हासिल गर्न चाहन्छु,’

आयुश राठौर
मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।

















योगासँगै सुरु भयो रास्वपाको दोस्रो दिनको अभिमुखीकरण,रवि लामिछानेले सम्बोधन गरेर समापन गर्ने
कालीमाटीमा गोलभेँडा किलोको ५०, गाजरकाे २५ ,अन्य तरकारीको कति ?
काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
यस्तो छ बुधबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
प्रतिक्रिया