विनियोजन विधेयकमाथिको छलफल समाप्त
काठमाडौँ । भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफल आइतबार समाप्त भएको छ । प्रदेश १ प्रदेशसभा नियमावली २०७४ को नियम ११८(७) बमोजिम विनियोजन विधेयकमा दुई दिन छलफल भएको थियो ।
छलफलमा प्रदेशसभा सदस्यहरू कुलप्रसाद साँवा, कुसुमकुमारी श्रेष्ठ, झलकबहादुर मगर, रामकुमार राई, उत्तमकुमार बस्नेत, जयराम यादव, नारायणबहादुर मगर, प्रतपप्रकाश हांगाम, विजयकुमार विश्वास, विमल कार्की, विष्णु तुम्बाहाम्फे, मोहनकुमार खड्का, लीला सुब्बा र सरिता थापाले भाग लिएका हुन् । उनहरूले विकासमा नतिजा आउने किसिमको काम नभएको, सबै क्षेत्र, भूगोललाई नसमेटेको, विगतका योजनाहरू काटिएको टिप्पणी गरे ।
भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले छलफलमा उठेका प्रश्नहरूको जवाफमा साधन, स्रोतको सीमितताको कारण मन्त्रालयको ४० प्रतिशत बजेट कम भएको जानकारी दिँदै बहु वर्षीय ६२ वटा योजनामा दुई वटा सम्पन्न भएको, ५० वटा निर्माणाधीन रहको र अन्यको काम आगाडि बढाइएको जानकारी दिए । प्रदेशसभाको अर्को बैठक भोलि सोमबार मध्यान्ह १२ः३० बस्ने छ ।
















हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
सुदूरपश्चिमको १५ प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
कांग्रेस संसदीय दल नेतामा भीष्मराज आङ्देम्बे चयन
नेप्से परिसूचकमा सामान्य अंकको सुधार
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया