कांग्रेस महाधिवेशन
पारिवारिक विरासत फर्काउने प्रयासमा नेतात्रय, होलान् सफल ?

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीको आन्तरिक उतारचढावमा बलियो सारथिका रुपमा विमलेन्द्र निधिको साथ र सहयोग रह्यो । देउवालाई प्रभावशाली र विश्वासपात्र अन्य नेताले छाड्दा निधि सधैजसो साथसाथै रहे । तर अहिले उनै निधि र वरिष्ठ नेता रामचन्द्र पौडेल समुहका दुई खम्बा मानिने शशांक कोइराला र प्रकाशमान सिंह आफै नेतृत्वका लागि कस्सिएका छन् ।
तीन दिनको फरकमा शुक्रबार र सोमबार नेतात्रय दुई पटकको छलफलमा बसे । नेता निधिले गत वर्षको साउन २९ गते नै देउवालाई भेटेर आफू सभापति उठ्ने जानकारी दिइसकेका थिए ।
उनै नेता निधिले गत शुक्रबार नेताद्वय शशाङ्क कोइराला र प्रकाशमान सिंहलाई आफ्नै निवासमा बोलाएर छलफल गरेपछि नयाँ तरङ्ग उत्पन्न भयो । अझ सोमबार बीपी पुत्र शशाङ्क कोइरालाले पनि आफ्नै निवासमा निधि निवासमा भएको छलफलको श्रृंखलालाई जोडे ।
श्रृंखलाबद्द भेटलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ । सोमबारको छलफलमा महामन्त्री शशांक कोइरालाले हामी एकै ठाउँमा छौं र हाम्रो बीचमा सहमति हुने प्रवल सम्भावना रहेको बताएपछि त्यसले कांग्रेसजनमा थप नयाँ तरंग दिएको छ । अब पार्टीलाई एक जुट बनाएर अगाडी कसरी बढ्ने भनेर छलफल भएको उनले जानकारी दिएका थिए । शशांकले भने,–‘आगामी निवार्चनमा हामी एक जुट भएनौँ भने त फेरी पार्टी धारासायी हुन्छ । हामी तीन जना एकै स्थानमा रहेका छौँ ,अब हामी निर्णय गछौँ ,को के मा लड्ने भने ।’
उपसभापति विमलेन्द्र निधीले भने,–‘हामीबीच भइरहेको समन्वयलाई देशभरका साथीहरुले राम्रो प्रतिक्रिया दिनुभएको छ । हाम्रो पहलमा सबै जना खुसी छन् ।’ पार्टीका अलग समुहमा रहेका नेता एक ठाउँमा बस्नु भनेको नयाँ गुट बनाउन नभई गुट तोड्न भएको निधिको भनाई छ । ‘हामीहरु क्रमसः छलफलकै क्रममा छौं, फेरि पनि निरन्तर छलफलमा बस्छौं,’ –उनले भने ।
पूर्वमहामन्त्री प्रकाशमान सिंहले भने –‘कसको नेतृत्वमा अगाडी बढ्ने भन्ने विषय समय आएपछि त्यो निर्णय हुन्छ । एक–दुई भेटमै नै सबै कुरा फाइनल हुँदैन । हामी सकारात्मक दिशातिर गइरहेका छौं । यो छलफललाई निरन्तरता दिनेछौं ।’
यद्यपि कसको नेतृत्व भन्नेबारे सहमति हुन समय लाग्ने उनको भनाई छ । गत साता सभापति देउवा इतर पक्षका नेताहरुसँग निधिले छलफल गरेको थिए । देउवाका विश्वासपात्र निधि देउवालाई नै चुनौती बन्न सक्ने आंकलन गर्न थालिएको छ । आफ्नो अग्रसरतामा साथ दिन ती युवा नेताहरूलाई उनले आग्रह समेत गरेका छन् ।
देउवा इतरको भेलामा सहभागी नेताहरूका अनुसार निधिले ‘अघिल्लो महाधिवेशनमा देउवाले साथ दिन आग्रह गर्दै आउँदो महाधिवेशनमा आफूलाई साथ दिने वचन दिएको’ सुनाएका थिए । दोस्रो पुस्ताका त्रय नेताहरुले राष्ट्रिय राजनीतिका विषयमा समेत एकै मत बनाउने र पार्टीलाई एकतावद्द गर्ने गरि छलफलमा जुटेको बताउँछन् ।
कोइराला १३ औं महाधिवेशनबाट निर्वाचित महामन्त्री हुन् भने सिंह १२ औं महाधिवेशनमा निधिलाई पराजित गर्दै महामन्त्री भइसकेका छन् । निधि हाल कांग्रेस उपसभापति छन्् । उनीहरू अहिले एक ठाउँमा देखिँदा धेरैले यो सहकार्य महाधिवेशनसम्म टिकेमा भने कांग्रेस नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण हुने ठानेका छन् । नेता त्रय कांग्रेसका दिवङ्गत सस्थापक नेताहरूका छोराहरू हुन ।
कोइराला विपिपुत्र, सिंह लौहपुरुष गणेशमान सिंह पुत्र र निधि महेन्द्रनारायण निधिका पुत्र हुन् । सस्थापक तीन नेताका छोराहरुको यो प्रयासले सार्थकता पाउला÷नपाउला तर कतिपयले कांग्रेसमा नयाँ धुव्रीकरणले आकार लिन थालेको आकलन गरेका छन् ।
अहिलेको भेटघाट उल्टो बाटोको भयो, खासै अर्थ राख्दैन्

– पुरञ्जन आर्चाय, राजनीतिक विश्लेषक
पछिल्लो समय काग्रेसका तीन नेता विमलेन्द्र निधि, शसांक कोइराला र प्रकाशमान सिंहबीचको जुन प्रकारको छलफल चलिरहेको छ । त्यो भेटले खासै सहकार्य सम्भव छैन् । भेटघाट खानपान सम्भव छ । सहकार्य अगाडी बढ्दैन् । महाधिवेशन आएको छ । आफु-आफुलाई सभापतिको उमेद्दवारका लागि प्रस्तुत गरेका छन् । मिडियाले सहयोग गरेका छ । तीनै जनाले सभापतिमा उठ्ने भनेर घोषणा गरिसकेका छन् । तीनै जनाले सार्वजनिक रुपमा सभापतिको दाबेदार हुँ भनेर घोषणा पनि गरिसकेका छन् ।
घोषणापछिको भेटघाटले खासै महत्व राख्दैन । सभापतिको घोषणा गर्नुभन्दा अघि नै सहमतिमा एक जना सभापति उठ्ने अरु दुई जनाले सहयोग गर्ने गरेको भए सहकार्य सम्भव हुन्थ्यो । तर अहिलेको भेटघाट उल्टो बाटोको भयो । पहिला तीन जनाले सभापतिमा उठ्छु भन्ने अहिले तीनै जना बसेर के –को छलफल हो ?
यदि पहिला नै हामी छलफलपछि तीन जनामा एक जनाले उमेद्वार दिन्छौँ भनेको भए हुन्थ्यो तर त्यो पनि छैन् । भोलीको दिनमा उनीहरुलाई कार्यकर्ताहरुका बिचमा प्रश्न उठ्छ । त्यसकारण उनीहरुको छलफलको औचित्य सकिसकेको छ । अहिलेको भेटघाट त बच्चा जन्मिसकेको छ । तर छोरा हुने कि छोरी हुने भने जस्तो मात्र भयो । घोषणा गरिसकेपछि त अब प्रतिस्पर्धा गर्ने हो त ।
त्रयनेताले हामीले पहिला भनेका कुराबाट फर्किन्छौँ । फेरी नयाँ बाटोबाट हामी सहकार्य गछौ भन्न सक्नुपर्यो । हिजोका दिनमा हतारमा हामीले सभापति भनेका थियौ, त्यो फिर्ता लिन्छौं भन्न सक्नुपर्यो । अब हामी तीन जना बसेर छलफल गरेर एउटा साझा उमेद्धार दिन्छौ भन्न सक्नुपर्यो ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया