एमाले नेता वेदुराम भुषालद्वारा पार्टी परित्याग
आगामी दिनमा राष्ट्रियसभामा स्वतन्त्र सदस्यका रुपमा रहन चाहन्छु

काठमाडौं । एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका नेता तथा राष्ट्रियसभा सदस्य बेदुराम भुसालले पार्टी परित्यागको घोषणा गरेका छन् । उनले पार्टी परित्याग गरी स्वतन्त्र सांसदको रुपमा रहने घोषणा सहितको पत्र संसद सचिवालयमा पठाएका छन् । उनले पत्रमा आफू स्वतन्त्र राष्ट्रिय सदस्यको हैसियतमा रहन चाहेको संसद सचिवालयलाई जानकारी गराएका छन् ।
आइतबार उनले संसद सचिवालयका महासचिवलाई लेखेको पत्रमा आफू तत्कालीन नेकपाबाट उम्मेदवार बनि राष्ट्रियसभा सदस्यमा निर्वाचित भएको सदस्य भएको र सर्वोच्चको फागुन २३ को फैसलापछि पार्टीको अस्तित्व समाप्त भएको अवस्थामा आफू स्वतन्त्र भूमिकामा रहन चाहेको उल्लेख गरिएको छ ।
‘सर्वोच्च अदालतले २०७७ फागुन २३ मा नेकपाको क्एतालाइृ वदर गदै एमाले र माओवादी पूर्ववत पार्टीकै अवस्थामा ब्यूताईदिने निर्णय गरेको थियो । ‘सर्वाेच्च अदालतको फैसलाले नेकपा पार्टीको अस्तित्व समाप्त गरिदिएपछि त्यस पार्टीबाट उम्मेदवार भइ निर्वाचित मसहितका जनप्रतिनिधिहरु दलविहीन अर्थात स्वतन्त्र हुनुपरेको सर्वविदितै छ । तत्पश्चात म नेकपा एमाले वा माओवादी केन्द्र कसैको पनि संसदीय दलको सदस्य नबनी सभाको स्वतन्त्र सदस्यका रुपमा रहेको छु र आगामी दिनमा पनि सभाको स्वतन्त्र सदस्यका रुपमा नै रहन चाहन्छु ।’ उनले पत्रमा भनेका छन् ।
उनले आफुले पाउने पारिश्रमिक र अन्य सेवा सुविधाबाट लेबी वा अन्य कुनै पनि दलको खातामा जम्मा नगरिदिन पनि संसदको लेखा शाखालाई जानकारी गराइदिन उनले अनुरोध गरेका छन् ।
















सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
Chinese Ambassador calls on Minister Pokharel
राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास
खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र खोप’ अभियान
कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलकाे नेता बनाउने
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया