सुदूरपश्चिम प्रदेशको बजेट पारित

कैलाली । सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले ३० अर्ब ३३ करोडको बजेट विनियोजन गरेका थिए । उक्त बजेट सोमबार बसेको प्रदेश सभा बैठकमा पारित भएको हो ।
बजेट पारित हुनुभन्दा अगाडि भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले मन्त्रालयका बारेमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए । मन्त्री शाहले सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गर्न प्रस्ताव गर्दा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाले विरोध गरेका थिए ।
उनीहरुले हुन्न भनेपछि सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित गरेको थियो । आर्थिक बर्ष २०७८/०७९ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केहि रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्ने बनेको विधेयक सर्व सम्मत पारित भएको हो । विधेयक पारित गर्न सभामुखले निर्माणार्थ प्रस्तुत गर्दा नेपाली कांग्रेस र जसपा मौन बसेका थिए ।
















अन्नपूर्ण क्षेत्रमा ९ महिनामा साढे दुई लाख विदेशी पर्यटक
२४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही
शेखर गोल्छाको थुना म्याद थप गर्न अदालतकाे अस्वीकार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना पक्राउ
ओमानमाथि नेपालको सानदार जित
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया