युरोकपमा आज दुई खेल हुँदै

काठमाडौँ । युरोकप फुटबलमा नकआउट चरण अन्तर्गत आज राति दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा स्पेन र क्रोएसियाबीच प्रतिस्पर्धा गर्दैछन् । स्पेन र क्रोएसियाबीचको खेल राति ९:४५ बजे डेनमार्कको पार्केन एरिनामा हुनेछ । दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।
दोस्रो खेलमा फ्रान्सले स्विट्जरल्यान्डको सामना गर्दै छ । स्पेनले ३ खेलमा ५ अंक जोडेको छ । समूह चरणको पहिलो खेलमा स्पेन स्विडेनसँग गोलरहित बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा पोल्याण्डसँग १-१ गोलको बराबरीमा खेलेको थियो । समूह चरणको अन्तिम खेलमा स्पेनले स्लोभाकियालाई ५-० गोलले पराजित गरेको थियो । क्रोएसियाले ३ खेलमा ४ अंक जोडेको थियो ।
पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्डसँग १–० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग १-१ गोलको बराबरीमा खेलेको थियो । समूह चरणको अन्तिम खेलमा क्रोएसियाले स्कटल्याण्डमाथि ३-१ गोलको जित निकालेको थियो ।
फ्रान्स र स्विट्जरल्यान्डबीचको खेल राति १२:४५ बजे रोमानियाको नेसनल एरिनामा हुनेछ । आज दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छन् ।साविक उपविजेता समेत रहेको फ्रान्स समूह एफको विजेता बन्दै नकआउट चरणमा पुगेको हो । समूह चरणमा फ्रान्सले ३ खेलमा ५ अंक जोडेको थियो ।
समूह चरणको पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १-० गोल अन्तरले हराएको थियो भने, दोस्रो खेलमा फ्रान्स हंगेरीसँग १-१ गोलको बराबरीमा रोकिएको थियो । यस्तै अन्तिम खेलमा पनि फ्रान्स पोर्चुगलसँग २-२ गोलको बराबरीमा रोकिएको थियो । समूहको उत्कृष्ट तेस्रो बन्दै नकआउट चरणमा प्रवेश गरेको स्विट्जरल्यान्डले ३ खेलमा ४ अंक जोडेको थियो ।
समूह चरणको पहिलो खेलमा वेल्ससँग १-१ गोलको बराबरी खेलेको स्विट्जरल्यान्ड दोस्रो खेलमा इटालीसँग ३-० ले पराजित भएको थियो । समूह चरणको अन्तिम खेलमा स्विट्जरल्यान्डले टर्कीलाई ३-१ गोल हराएको थियो । फ्रान्स र स्विट्जरल्यान्डबीच पछिल्लो ७ खेल हेर्दा फ्रान्स बलियो देखिएको छ । फ्रान्सले ३ खेल जित्दा ४ खेलमा बराबरी खेलेको छ । दुई टिमबीच मुख्य प्रतियोगितामा पाँचौं पटक खेल्न लागेका हुन् । एजेन्सी


















फिलिपिन्समा गोली हानाहान, १० जनाको मृत्यु
‘जेनजी’ आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखरामा पक्राउ
बागमती प्रदेशसभाको बैठक आह्वान
बागमती प्रदेश सरकारको ९ महिनाको खर्च २३ प्रतिशत
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ जनाको उपचार
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
प्रतिक्रिया