युरोकपमा आज दुई खेल हुँदै

काठमाडौँ । युरोकप फुटबलमा नकआउट चरण अन्तर्गत आज राति दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा स्पेन र क्रोएसियाबीच प्रतिस्पर्धा गर्दैछन् । स्पेन र क्रोएसियाबीचको खेल राति ९:४५ बजे डेनमार्कको पार्केन एरिनामा हुनेछ । दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।
दोस्रो खेलमा फ्रान्सले स्विट्जरल्यान्डको सामना गर्दै छ । स्पेनले ३ खेलमा ५ अंक जोडेको छ । समूह चरणको पहिलो खेलमा स्पेन स्विडेनसँग गोलरहित बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा पोल्याण्डसँग १-१ गोलको बराबरीमा खेलेको थियो । समूह चरणको अन्तिम खेलमा स्पेनले स्लोभाकियालाई ५-० गोलले पराजित गरेको थियो । क्रोएसियाले ३ खेलमा ४ अंक जोडेको थियो ।
पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्डसँग १–० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग १-१ गोलको बराबरीमा खेलेको थियो । समूह चरणको अन्तिम खेलमा क्रोएसियाले स्कटल्याण्डमाथि ३-१ गोलको जित निकालेको थियो ।
फ्रान्स र स्विट्जरल्यान्डबीचको खेल राति १२:४५ बजे रोमानियाको नेसनल एरिनामा हुनेछ । आज दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छन् ।साविक उपविजेता समेत रहेको फ्रान्स समूह एफको विजेता बन्दै नकआउट चरणमा पुगेको हो । समूह चरणमा फ्रान्सले ३ खेलमा ५ अंक जोडेको थियो ।
समूह चरणको पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १-० गोल अन्तरले हराएको थियो भने, दोस्रो खेलमा फ्रान्स हंगेरीसँग १-१ गोलको बराबरीमा रोकिएको थियो । यस्तै अन्तिम खेलमा पनि फ्रान्स पोर्चुगलसँग २-२ गोलको बराबरीमा रोकिएको थियो । समूहको उत्कृष्ट तेस्रो बन्दै नकआउट चरणमा प्रवेश गरेको स्विट्जरल्यान्डले ३ खेलमा ४ अंक जोडेको थियो ।
समूह चरणको पहिलो खेलमा वेल्ससँग १-१ गोलको बराबरी खेलेको स्विट्जरल्यान्ड दोस्रो खेलमा इटालीसँग ३-० ले पराजित भएको थियो । समूह चरणको अन्तिम खेलमा स्विट्जरल्यान्डले टर्कीलाई ३-१ गोल हराएको थियो । फ्रान्स र स्विट्जरल्यान्डबीच पछिल्लो ७ खेल हेर्दा फ्रान्स बलियो देखिएको छ । फ्रान्सले ३ खेल जित्दा ४ खेलमा बराबरी खेलेको छ । दुई टिमबीच मुख्य प्रतियोगितामा पाँचौं पटक खेल्न लागेका हुन् । एजेन्सी









टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रधानमन्त्री कार्कीद्वारा मुख्यसचिव अर्याललाई बिदाइ
नेपाल–श्रीलङ्का व्यापार र हवाई सेवा विस्तार गर्न चेम्बरको पहल
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
प्रतिक्रिया