सुनजस्तो देखिने वस्तुसहित तीन पक्राउ
मेरोन्यूज
२०७८ असार १४ गते १४:३५

कैलाली । कैलालीमा १२० ग्राम सुन जस्तो देखिने वस्तुसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले गोदावरी नगरपालिका–२ अत्तरिया बसपार्कबाट अमरगढी नगरपालिका–८ का महेश सार्की, सोही वडाका सुरज घताने र विशाल जाग्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिए ।
प्रहरी निरीक्षक गुरुका अनुसार उनीहरु तिनै जना सवार प्रदेश नं ३, ०१००२६४६९९ नंको अल्टो कार रोकिएको अवस्थामा जाँचका क्रममा सुनजस्तो देखिने वस्तु फेला परेको हो । तीनै जनालाई थप अनुसन्धानका लागि आज जिल्ला प्रहरी कार्यालय पठाइएको बताइएको छ । रासस
सम्बन्धित
















प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल
ड्रोन प्रकरणमा सियोलको स्वीकारोक्ति
राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारी निर्विरोध निर्वाचित
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाली क्लाइम्बिङ टोली चीन जाने
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया