‘हाम्रो टिम नेपाल’का अभियन्ताहरु प्रहरी नियन्त्रणमा

काठमाडौं । भोकमुक्त, नाङ्गोमुक्त, भेदभावमुक्त नेपालको परिकल्पनाका साथ निषेधाज्ञामा गरीब तथा वेवारीसेहरुलाई निःशुल्क खाना खुवाउदैँ आएको सामाजिक संस्था ‘हाम्रो टिम नेपाल’को समुहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हाम्रो टिम नेपालले निःशुल्क भोजन बितरणकालागी अनामनगर स्थित खाना बनाउदै गरेको समयमा प्रहरीले हाम्रो टिम नेपालका प्रतिनिधिहरूलाइ पक्राउ गरेको हो । नगरपालीकाको नेतृत्वमा प्रहरीले सामािजक अभियान्तालाइ पक्राउ गरेको हो । निःशुल्क भोजन बितरणकालागी खाना पकाउन बनाइएको अस्थाइ टहरा समेत प्रहरीले भत्काइ दिएको छ ।
काठमाडौंं महानगरपालिकाले ‘हाम्रो टिम नेपाल’ले प्रयोग गर्दै आएको अनामनगरको सरकारी जग्गा खाली गराएको छ ।
अनामनगरको युनियन हाउससँगै रहेको सरकारी जग्गा १ वर्षदेखि जबरजस्ती भोगचलन गर्दै आएको र पटक-पटक ताकेता गर्दा पनि खाली नगरको भन्दै महानगरले जग्गा खाली गराएको हो ।
सो क्रममा महानगरले उक्त जग्गामा रहेको टहरा समेत भत्काएको छ । खाली गराउने क्रममा प्रहरीले हाम्रो टिम नेपालका अभियन्ता विमल पन्तलगायतका अभियन्ताहरुलाई नियन्त्रणमा लिएको छ । उक्त जग्गा प्रयोगका बारेमा स्थानीय र हाम्रो टिम नेपालबीच विवाद समेत भएको थियो । हाम्रो टिम नेपालले निषेधाज्ञाका समयमा विपन्न नागरिकहरूलाई खाना खुवाउने अभियान सञ्चालन गर्दै आएको थियो ।
















इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
यस्तो छ आज कृषिउपजको थोक मूल्य
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया