‘हाम्रो टिम नेपाल’का अभियन्ताहरु प्रहरी नियन्त्रणमा

काठमाडौं । भोकमुक्त, नाङ्गोमुक्त, भेदभावमुक्त नेपालको परिकल्पनाका साथ निषेधाज्ञामा गरीब तथा वेवारीसेहरुलाई निःशुल्क खाना खुवाउदैँ आएको सामाजिक संस्था ‘हाम्रो टिम नेपाल’को समुहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हाम्रो टिम नेपालले निःशुल्क भोजन बितरणकालागी अनामनगर स्थित खाना बनाउदै गरेको समयमा प्रहरीले हाम्रो टिम नेपालका प्रतिनिधिहरूलाइ पक्राउ गरेको हो । नगरपालीकाको नेतृत्वमा प्रहरीले सामािजक अभियान्तालाइ पक्राउ गरेको हो । निःशुल्क भोजन बितरणकालागी खाना पकाउन बनाइएको अस्थाइ टहरा समेत प्रहरीले भत्काइ दिएको छ ।
काठमाडौंं महानगरपालिकाले ‘हाम्रो टिम नेपाल’ले प्रयोग गर्दै आएको अनामनगरको सरकारी जग्गा खाली गराएको छ ।
अनामनगरको युनियन हाउससँगै रहेको सरकारी जग्गा १ वर्षदेखि जबरजस्ती भोगचलन गर्दै आएको र पटक-पटक ताकेता गर्दा पनि खाली नगरको भन्दै महानगरले जग्गा खाली गराएको हो ।
सो क्रममा महानगरले उक्त जग्गामा रहेको टहरा समेत भत्काएको छ । खाली गराउने क्रममा प्रहरीले हाम्रो टिम नेपालका अभियन्ता विमल पन्तलगायतका अभियन्ताहरुलाई नियन्त्रणमा लिएको छ । उक्त जग्गा प्रयोगका बारेमा स्थानीय र हाम्रो टिम नेपालबीच विवाद समेत भएको थियो । हाम्रो टिम नेपालले निषेधाज्ञाका समयमा विपन्न नागरिकहरूलाई खाना खुवाउने अभियान सञ्चालन गर्दै आएको थियो ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया