प्रचण्डसँग पार्टी एकता ठिक, कांग्रेससँग कुरा मिल्दा बेठिक : विश्वप्रकाश शर्मा

काठमाडौँ । मदन भण्डारीको ७० औँ जयन्तीको अवसरमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मन्तव्यमाथि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले टिप्पणी गरेका छन् ।
प्रवक्ता शर्माले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता हुँदा ठिक, कांग्रेसको कुरा मिल्दा बेठिक हुने भनेर ओलीप्रति प्रश्न गरे । यस्तै उनले साथ छँदा आन्द्रा गाँस्ने, साथ छुट्टा आन्द्रै निकाल्ने अप्रिय हुने बताए ।
‘प्रचण्डसँग एमालेको एकता ठिक, कांग्रेसको कुरा मुद्दामा मिल्दा बेठिक ?’, उनले भने, ‘साथ छँदा आन्द्रा गाँस्ने, साथ छुट्दा आन्द्रै निकाल्ने अलि अप्रिय भएन र ?’
यस्तै, प्रवक्ता शर्माले नेकपा एमालेका नेता माधव नेपालबारे समेत टिप्पणी गरेका छन् । उनले नेपालप्रति ओलीको टिप्पणी शोभनीयभन्दा दयनीय भएको बताए । प्रधानमन्त्रीलाई उनले सोधे, ‘अभिव्यक्तिमा चरम आवेगको यो कस्तो ‘भेरिएन्ट’ ?’














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया