प्रचण्डसँग पार्टी एकता ठिक, कांग्रेससँग कुरा मिल्दा बेठिक : विश्वप्रकाश शर्मा

काठमाडौँ । मदन भण्डारीको ७० औँ जयन्तीको अवसरमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मन्तव्यमाथि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले टिप्पणी गरेका छन् ।
प्रवक्ता शर्माले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता हुँदा ठिक, कांग्रेसको कुरा मिल्दा बेठिक हुने भनेर ओलीप्रति प्रश्न गरे । यस्तै उनले साथ छँदा आन्द्रा गाँस्ने, साथ छुट्टा आन्द्रै निकाल्ने अप्रिय हुने बताए ।
‘प्रचण्डसँग एमालेको एकता ठिक, कांग्रेसको कुरा मुद्दामा मिल्दा बेठिक ?’, उनले भने, ‘साथ छँदा आन्द्रा गाँस्ने, साथ छुट्दा आन्द्रै निकाल्ने अलि अप्रिय भएन र ?’
यस्तै, प्रवक्ता शर्माले नेकपा एमालेका नेता माधव नेपालबारे समेत टिप्पणी गरेका छन् । उनले नेपालप्रति ओलीको टिप्पणी शोभनीयभन्दा दयनीय भएको बताए । प्रधानमन्त्रीलाई उनले सोधे, ‘अभिव्यक्तिमा चरम आवेगको यो कस्तो ‘भेरिएन्ट’ ?’
















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
प्रतिक्रिया