समाजिक सुरक्षा कोषले योगदानकर्तालाई ८ प्रतिशत प्रतिफल दिने

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई ८ प्रतिशत प्रतिफल दिने भएको छ । कोषले आर्थिक वर्ष २०७६÷७७ भित्र सूचीकृत योगदानकर्तालाई वृद्धावस्था सुरक्षा योजना अन्तरगतको संकलित योगदान रकमको लगानीबाट प्राप्त प्रतिफल योगदानकर्तालाई दिन लागेको हो ।
सो अवधिमा ३ करोड ८० लाख १५ हजार ६९८ रुपैयाँ ८० पैसा वितरण योग्य रहेको कोषले जनाएको छ । वृद्धावस्था सुरक्षा योजनामा संकलित रकमको लगानीबाट आएको व्याजबाट योगदानकर्तालाई ८ प्रतिशत प्रतिफल वितरण गर्ने सकिने अवस्था देखिएको कोषका सह प्रवक्ता रोहित रेग्मीले जानकारी दिए ।
कोषले प्रतिफल बराबरको रकम सम्बन्धित योगदानकर्ताको खातामा जम्मा गर्ने जनाएको छ ।
कोषले २०७६ साउनदेखि योगदान रकम संकलन गर्न थालेको थियो । कोषमा हालसम्म १४ हजार ५८० रोजगारदाता २ लाख ५१ हजार २९२ योगदानकर्ता सूचीकृत भएका छन् ।
कोषमा रु ६ अर्ब ३९ करोड ३५ लाख योगदान रकम संकलन भएको छ । कोषले विभिन्न योजनाअन्तर्गत योगदानकर्तालाई ६ करोड ९७ लाख गरी कुल ११ करोड ६२ लाख रकम दाबी भुक्तानी गरेको छ ।
















महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
झापामा दुइवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाकाे मृत्यु, एक गम्भीर घाइते
डिजिटल प्रबिधिबाट निर्वाचन परिणाम सार्वजनिक गरिने
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
आज कतिमा किनबेच हुँदैछ सुन ?
प्रतिक्रिया